३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रुस-युक्रेनबीच तत्काल युद्धविराम नहुने, १५ दिनभित्र त्रिपक्षीय वार्ताको सम्भावना

    • बिशाल यादब बिशाल यादब
    • today३ भदौ २०८२

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली साझेदारबचको वार्ता सकरात्मक भएको छ। तर यो बैठकमा रुस-युक्रेन बीच युद्धविराम (सीजफायर) को सहमति भने हुन सकेन।

    Ad
    Ad
    Ad

    ट्रम्पले छलफलपछि अहिलेनै युद्धविराम सम्भव नदेखिने भन्दै दिर्घकालीन समाधान हुने विश्वास ब्यक्त गरे। तर बैठकमा युक्रेनलाई सुरक्षा दिने ग्यारेन्टीबारे गम्भीर छलफल भएको ट्रम्पले बताए। ट्रम्पले भने, ‘अमेरिका र युरोपेली देशहरु मिलेर यसमा काम गर्नेछन्।’ त्यहीबेला, रूसी राष्ट्रपति कार्यालय (क्रेमलिन) ले जनाएको अनुसार ट्रम्पले बैठक केहीबेर रोक्दै राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब ४० मिनेट फोनमा कुरा गरेका थिए।

    Ad
    Ad
    Ad

    कुराकानीको क्रममा पुटिनले रुस र युक्रेनका प्रतिनिधिहरुबीच प्रत्यक्ष वार्ताको समर्थन गरे। जर्मनीका चान्सलर फ्रेडरिक मर्त्जका अनुसार, ट्रम्पसँगको फोन संवादपछि पुटिन १५ दिनभित्रै जेलेन्स्कीसँग त्रीपक्षीय भेटका लागि तयार भएको बताए।

    Ad
    Ad
    Ad
    Ad

    बैठकपछि राष्ट्रपति जलेन्स्कीले पत्रकार सम्मेलन गर्दै युक्रेनले सुरक्षा ग्यारेन्टीको सर्तमा युरोपेली सहयोग रकम प्रयोग गरेर ९० अर्ब अमेरिकी डलर (झण्डै ८ लाख करोड रुपैयाँ) बराबरका अमेरिकी हतियार खरिद गर्ने बताए।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासन युक्रेनका राष्ट्रपति जेलेन्स्की र रूसी राष्ट्रपति पुटिनबीच ऐतिहासिक भेटको तयारी गरिरहेको बताएका छन्। उनले फक्स न्युजसँग कुरा गर्दै भने,’यदि यो भेट सफल भयो भने त्यसपछि ट्रम्प, पुटिन र जेलेस्कीबीच त्रिपक्षीय बैठक पनि सम्भव हुन सक्छ।’ रुबियोले थपे ‘हामी अझै त्यहाँ पुगेका छैनौँ, तर यही हाम्रो लक्ष्य हो। आज यसलाई कसरी हासिल गर्ने भन्नेबारे छलफल भएको छ।’

    उनका अनुसार, पुटिनले जेलेन्स्कीसँग भेट्छु भनेको भन्दै यो अभिव्यक्ति नै ठूलो कुरा भएको बताए। उनले भने ‘म यो भन्न चाहन्न कि उनीहरू अब साथी बन्छन् वा शान्ति सम्झौता हुन्छ, तर कम्तीमा उनीहरू एक–अर्कासँग संवाद गर्न थालेका छन्, जुन कुरा पछिल्ला साढे तीन वर्षमा भएको थिएन।’ उनले भने।

    बैठकका मुख्य बुँदाबारे ट्रम्प
    आजको बैठकको नतिजा जे भए पनि, युक्रेनका लागि अमेरिकी समर्थन कायम रहनेछ।

    युक्रेन नाटोको सदस्य नबने पनि अमेरिका उसलाई बलियो सुरक्षा प्रदान गर्नेछ।

    युक्रेनमा शान्ति कायम राख्न अमेरिकी सैनिक पठाउनेबारे विचार गर्न सक्छु।

    युद्ध अवश्य अन्त्य हुनेछ, तर कहिले भन्ने स्पष्ट समय मलाई थाहा छैन।

    रुस, युक्रेन र अमेरिकाबीच अर्को बैठक हुनेछ, जसमा युद्ध अन्त्य हुने सम्भावना छ।

    युद्ध त्यसको समय आएपछि मात्रै समाप्त हुन्छ। म ठ्याक्कै भन्न सक्दिनँ, तर यो अन्त्य हुनेछ।

    युद्धविराम (सीजफायर) टुंग्याउने विषयमा छलफल गर्न युद्धविरामको आवश्यक पर्दैन।

    जलेन्स्कीले बताएका मुख्य कुरा
    युद्ध अन्त्य गर्न कूटनीतिक बाटो अपनाउन तयार छु, तर भूमिको अदला–बदली स्वीकार्य छैन।

    युद्ध सकिएपछि मात्र राष्ट्रपति चुनाव सम्भव हुन्छ, युद्ध जारी रहँदा चुनाव हुन सक्दैन।

    अमेरिकाले दिएको हतियार युक्रेनको सुरक्षाका लागि अत्यन्त आवश्यक छन्, किनकि यस्तै वायु–रक्षा प्रणाली अरूसँग छैन।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.