३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • महामंडलेश्वर सरिता गिरीको उदबोधनसहित राष्ट्रिय एकता अभियानको विशेष कार्यक्रम सम्पन्न

    • अशोक यादब अशोक यादब
    • today३ भदौ २०८२

    काठमाडौं, भदौ ३ – राष्ट्रिय एकता अभियानद्वारा आयोजित विशेष कार्यक्रम अन्तर्गत महामंडलेश्वर श्री श्री १००८ सरिता गिरीको विशेष उदबोधन कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न भएको छ।

    Ad
    Ad
    Ad

    सनातन संस्कृति संरक्षण, हिन्दुत्व जागरण र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यसहित भ्रमणमा रहेकी गिरीले कार्यक्रमको अवसरमा राष्ट्रिय एकता अभियानको संरक्षकको जिम्मेवारी निर्वाह गर्ने घोषणा गरेकी छिन्।

    Ad
    Ad
    Ad

    कार्यक्रम अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष माननीय भूपेन्द्र चौधरी, पूर्व मन्त्री ब्रजकिशोर सिंह, नेता सत्यनारायण मण्डल, शंकराचार्य पीठ परिषद्का अध्यक्ष दयाराम पाण्डे लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad
    Ad

    वक्ताहरूले महामंडलेश्वर गिरीलाई स्वागत गर्दै उनको नेतृत्वले अभियानलाई नयाँ ऊर्जा र दिशा दिने विश्वास व्यक्त गरे। उक्त कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरूले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सनातन संस्कृतिको संरक्षणका लागि यस्तो पहललाई समय सान्दर्भिक र दूरदर्शी कदमको रूपमा व्याख्या गरे। महामंडलेश्वर सरिता गिरीले आफ्नो सम्बोधनमा नेपालमा धार्मिक एवं सांस्कृतिक चेतनाको पुनर्जागरण अत्यावश्यक रहेको उल्लेख गर्दै राष्ट्रनिर्माणमा धर्म, संस्कृति र मूल्यको भूमिकालाई बलियो बनाउनु पर्नेमा जोड दिइन्

    कार्यक्रमको समापनमा आयोजकले यस्तो पहललाई निरन्तरता दिँदै देशव्यापी अभियान सञ्चालन गरिने जानकारी दिएको छ।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.