३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सीप सिकौँ, आत्मनिर्भर बनौँ” : वीरगञ्जमा १५ दिने सीपमूलक तालिम सुरु

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२ भदौ २०८२

    वीरगञ्ज ०२ भदौ “सीप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने नारासहित लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रलको सहयोगमा वीरगञ्ज–९ रानीघाटस्थित जीवन ज्योति स्कूलमा सोमबारदेखि १५ दिने सीपमूलक तालिम सुरु भएको छ। सोमबारदेखि सुरु भएको उक्त तालिममा ३५ जना विद्यार्थीहरूको सहभागिता रहेको छ। विद्यालय प्रशासनका अनुसार, तालिमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई सीपमूलक ज्ञान प्रदान गरी उनीहरूलाई भविष्यमा आत्मनिर्भर बन्ने क्षमता विकास गर्नु रहेको छ। तालिम अवधिभर प्रत्येक दिन एक घण्टा सञ्चालन हुनेछ र सहभागी विद्यार्थीहरूलाई कुसन र डल (गुड़िया) बनाउने कला सिकाइनेछ। तालिमको प्रशिक्षण महिला जागृति मिसनकी प्रशिक्षक नीतु श्रेष्ठले दिइरहेकी छिन्। कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रलकी अध्यक्ष रेखा वैद्यले तालिमले विद्यार्थीहरूमा सीप विकासका साथै सामाजिक जिम्मेवारीबोध पनि जगाउने विश्वास व्यक्त गरिन्। उनले लायन्स क्लब सधैँ सामाजिक कार्यमा अग्रणी रहँदै आएको उल्लेख गर्दै, आगामी दिनहरूमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्। विद्यालय प्रशासनले तालिम पूरा भएपछि सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्ने र उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई पुरस्कृत गर्ने जानकारी दिएको छ। कार्यक्रममा लायन्स क्लबकी जोन चेयरपर्सन रोमिन्द्र कौर, सचिव हर्षा वैद्य, सिता अग्रवाल, पूजा पोद्दार र कविता हलानलगायतको उपस्थिति रहेको थियो। सामुदायिक स्तरमै सुरु गरिएको यो १५ दिने सीपमूलक तालिमले वीरगञ्जका विद्यार्थीहरूलाई आत्मनिर्भर भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.