६ बैशाख २०८३, आइतबार / 19 April 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • शिक्षा विधेयकका विवादास्पद प्रावधानविरुद्ध निजी विद्यालय सङ्गठनद्वारा ज्ञापनपत्र

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२ भदौ २०८२

    वीरगञ्ज, भदौ २ शिक्षा विधेयकमा निजी विद्यालयविरुद्ध रहेका केही प्रावधानहरूको विरोध स्वरूप देशभर जारी आन्दोलन अन्तर्गत प्याब्सन, एन–प्याब्सन र हिसान पर्साले सोमबार पर्साबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद तथा शिक्षासमिति सदस्य माननीय श्रीमती बिना जैसवाललाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र बुझाउने क्रममा प्याब्सन जिल्ला अध्यक्ष सरोज चौधरी, सचिव अशोक सङ्रौला, वरिष्ठ उपाध्यक्ष सुशिला साह, केन्द्रीय सदस्य छेडुप लामा, वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवसहितको संयुक्त टोली उपस्थित थियो। निजी विद्यालय सञ्चालक संघहरूले सरकारद्वारा दर्ता भएको शिक्षा विधेयकमा निजी विद्यालयहरूको अस्तित्व र अधिकार कमजोर हुने खालका प्रावधान राखिएको भन्दै विरोध जनाउँदै आएका छन्। उनीहरूको भनाइमा, सो विधेयक पारित भएमा निजी विद्यालयहरूको दीर्घकालीन भविष्यमा असर पर्नेछ र गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण कमजोर हुनेछ। ज्ञापनपत्रमार्फत उनीहरूले विधेयकका विवादास्पद प्रावधानहरू पुनरावलोकन गर्नुपर्ने, निजी विद्यालयलाई शिक्षामा साझेदारको रूपमा मान्यता दिनुपर्ने र नीति निर्माणमा निजी क्षेत्रको सुझावलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्। सांसद बिना जैसवालले ज्ञापनपत्र ग्रहण गर्दै सम्बद्ध मागहरूबारे शिक्षासमितिमा छलफल हुने र आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिएकी छिन्। यसअघि पनि प्याब्सन, एन–प्याब्सन, हिसान लगायतका संस्थाहरूले शिक्षा विधेयक संशोधनको माग गर्दै देशभर विभिन्न कार्यक्रम र आन्दोलनका कार्यक्रम गर्दै आएका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.