३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मुनलाईट स्कुलद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२ भदौ २०८२

    वीरगञ्ज,०२ भदौ नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा मुनलाईट स्कुलले आयोजना गरेको तीज विशेष कार्यक्रम–२०८२ आइतबार वीरगञ्जस्थित होटल बृन्दावनमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा मुनलाईट स्कुलकी शिक्षिका तथा महिला अभिभावकहरूले सांस्कृतिक झल्किने तीज गीत, नृत्य र विभिन्न मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। सहभागी महिलाहरूले तीजलाई खुशी, एकता र सशक्तीकरणको पर्वका रूपमा मनाउँदै समाजमा सकारात्मक सन्देश फैलाउन आग्रह गरेका थिए। मुनलाईट स्कुलकी संचालिका मनिषा केसीले तीज पर्वको महत्वबारे सम्बोधन गर्दै भनिन्, “तीज भनेको धर्म–संस्कार, पारिवारिक समर्पण, दिदीबहिनीबीचको भेटघाट, नाचगानको रमाइलो मात्र नभई महिलाको आत्मबल र सशक्तीकरणसँग पनि जोडिएको छ।” उनले अझै भनिन्, “नारी शक्ति एकजुट भएर अघि बढेमा नेपाली समाजका अन्धविश्वास चिर्न सकिन्छ र समाजमा शान्ति तथा स्थायित्व कायम गर्न सकिन्छ।” कार्यक्रममा स्कुलका डाइरेक्टर शुल्भ केसी, नेपाल इन्नोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई तथा विद्यालयका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। संचालिका केसीका अनुसार मुनलाईट स्कुलले विगतदेखि नै शैक्षिक गतिविधिसँगै सामाजिक, सांस्कृतिक र सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ। तीजबारे धारणा व्यक्त गर्दै उनले जोड दिइन् कि अघिल्ला पुस्तामा तीज मुख्यतया धार्मिक र परम्परागत रूपमा मात्र सीमित भए पनि हालका दिनमा यसलाई महिला अधिकार, समानता र सशक्तीकरणसँग पनि जोडिएको छ, जुन नेपाली दिदीबहिनीका लागि सकारात्मक पक्ष हो। कार्यक्रमले सहभागी सबैमा उत्साह थप्नुका साथै समाजमा नारी सशक्तीकरण, आत्मविश्वास र एकताको सन्देश फैलाएको बताइएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.