सुचारु भयो मुग्लिन-नारायणगढ सडक
-
मेराज हास्मी
- today१ भदौ २०८२
चितवन- चितवनको इच्छाकामना गाउँपालिका- ५ तुइनखोला नजिक मुग्लिन-नारायणगढ सडक खण्डमा आज बिहान पहिरो खस्दा करिब ४ घण्टा आवागमन अवरुद्ध भएको छ ।
बिहान ४:०० बजेतिर माथिबाट ढुंगासहितको ठूलो पहिरो खस्दा दुवै तर्फको सवारी सञ्चालन रोकिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो स्थानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
बाटो खुलाउन डिभिजनले दुईवटा ‘जेसिभी’ परिचालन गरी पहिरो पन्छाउने काम गरेको थियो । लगातारको प्रयासपछि बिहान ८:१० बजेदेखि दुबै तर्फको सवारी साधन सञ्चालनमा आएको सडक डिभिजनले जानकारी दिएको छ ।