२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विराटनगरमा रथयात्राको भव्य तयारी, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

    • बिशाल यादब बिशाल यादब
    • today१ भदौ २०८२

    विराटनगर- श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने रथयात्राको तयारी भव्यताका साथ भइरहेको छ। विराटनगरमा मनाइने यो रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्राका रूपमा लिने गरिन्छ।

    Ad
    Ad
    Ad

    यसपटकको रथयात्राका लागि नयाँ र परिष्कृत शैलीको रथ निर्माण गरिएको छ। रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार, नयाँ रथमा विगतको भन्दा फरकपन रहेको छ।

    Ad
    Ad
    Ad

    यसको लम्बाई १९ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ। स्वदेशी र विदेशी कालिगडहरूले काठको प्रयोग गरी विभिन्न भगवानका आकृति तथा धार्मिक बुट्टाहरू कुँदेर रथलाई नयाँ स्वरूप दिएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    आइतबार मन्दिर परिसरबाट निस्किने रथयात्राले विराटनगरको मेनरोड हुँदै दक्षिणमा ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, भट्टीमोड, बरगाछी चोक हुँदै पूर्वको दुर्गा चोकबाट पुनः मन्दिरमा पुगेर सम्पन्न हुनेछ। करिब ९ किलोमिटरको यो रथयात्रालाई ४३ स्थानमा विश्राम दिइने योजना छ।

    सन् १९८८ सालदेखि ‘खटयात्रा’ को रूपमा शोभायात्रा सुरू भएको इतिहास भए पनि २०२५ सालदेखि भने खटबाट रथमा राखेर राधाकृष्णको युगल जोडीलाई नगर परिक्रमा गराउन थालिएको हो। भुपालमानसिंह कार्की र सत्यनारायण धनावतले यसको सुरुवात गरेका थिए।

    रथको डोरी तान्न र छुनका लागि विराटनगर, सीमावर्ती भारत र सुनसरीबाट समेत ठूलो संख्यामा भक्तजनहरू आउने विश्वास गरिएको छ।

    भीडलाई व्यवस्थित गर्न जिल्ला प्रहरी कार्यालय मोरङले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ। भीडको सुरक्षाका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरिने कार्यालयले बताएको छ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.