३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रतिक दैनिकको ३९ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१ भदौ २०८२

    वीरगञ्ज, ०१ भदौ वीरगञ्जबाट प्रकाशन हुँदै आएको प्रतिक दैनिक ले आफ्नो ३९ औं वार्षिकोत्सव आइतबार भव्यताका साथ सम्पन्न गरेको छ। वीरगञ्ज–१५ स्थित ज्येष्ठ नागरिक पार्क, लक्ष्मणवामा सम्पन्न कार्यक्रममा विभिन्न संचारमाध्यमसँग आबद्ध व्यक्तित्वहरू, कर्मचारी तथा विशिष्ट अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह रहनु भएको थियो भने विशिष्ट अतिथिहरूमा जिल्ला प्रशासन कार्यालयका प्रमुख गनेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्र, मधेश विश्व विद्यालयका उपकुलपति डा. दीपक शाक्य लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम ‘प्रतिक प्रकाशन समूह’की अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। ३८ वर्ष पूरा गरी ३९ औं वर्षमा प्रवेशको उपलक्ष्यमा ‘प्रतिक दैनिक’ले यस वर्ष विभिन्न व्यक्तित्वहरूलाई सम्मान र पुरस्कार प्रदान गरेको छ। सुबोध स्मृति पुरस्कार अन्नपूर्ण पोस्टका संचारकर्मी क्रान्ति शाहलाई नगद रु. ५१,००० सहित सम्मानपत्र प्रदान।नेपाल पत्रकार महासंघ वीरगञ्जका अध्यक्ष ओम प्रकाश खनाललाई नगद रु. १५,००० सहित सम्मानपत्र।आन्नत लालदासलाई नगद सहित सम्मानपत्र।सुर्यानारायण बिकलाई पनि नगद रु. १५,००० सहित सम्मानपत्र।१ जना ग्रामीण संवाददाता समेतलाई पुरस्कृत गरिएको थियो। कार्यक्रममा विभिन्न अतिथिहरूले प्रतिक दैनिकले लामो समयदेखि सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्दै आएको भन्दै प्रशंसा गरेका थिए। उनीहरूले आगामी दिनमा दैनिकले अझ सशक्त भूमिकासहित समाजलाई सचेत र सूचित गराउने विश्वास व्यक्त गरे। उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, राष्ट्रिय समाचार समितिका हिमाल लम्साललगायत विभिन्न सञ्चारकर्मीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो। समारोहमा प्रतिक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माले शुभकामना मन्तव्य दिँदै विगतदेखि हालसम्म निरन्तर सहयोग गर्ने पाठक, विज्ञापनदाता, सञ्चारकर्मी र कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ पाठक–मैत्री र गुणस्तरीय सामग्री प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गरे।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.