विभिन्न स्थानमा मोटरसाइकल दुर्घटना, चारजनाको मृत्यु
-
मेराज हास्मी
- today३१ श्रावण २०८२
काठमाडौँ । विभिन्न जिल्लामा भएको मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
• नवलपरासी पूर्व – कावासोती नगरपालिका–१६, कुमारी टोलस्थित सडकमा ग.७ प ९५९९ नम्बरको मोटरसाइकलले पैदलयात्री ५५ वर्षीय रूकमान परियारलाई ठक्कर दिँदा घाइते भएकी उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
• मोरङ – बुढीगंगा गाउँपालिका-३, नेमुवा–विराटनगर सडकमा को.२१ प ८६९२ नम्बरको मोटरसाइकल दुर्घटनामा सवार ४२ वर्षीय कात्तिक विश्वासको उपचारको क्रममा मृत्यु भएको छ। त्यस्तै, बुढीगंगा गाउँपालिका-२, अमाही बोक्ला टोलमा को.३५ प ५०३३ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक ३५ वर्षीय विकास कुमार भगतको उपचारका क्रममा मृत्यु भएको छ।
• सुनसरी – रामधुनी नगरपालिका–८, डुम्राहा स्थित सडकमा को.३८ प १६३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २१ वर्षीय आनन्द सिंह खवासको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते अन्य तीन जनाको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले चारै घटनामा आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।