३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रौतहटको धरहरीमा मेला उद्घाटनलाई लिएर झडप, मेयरसहित तीनजना घाइते

    • बिशाल यादब बिशाल यादब
    • today३१ श्रावण २०८२

    रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेलामा उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबिच झडप हुँदा मेयरसहित तीनजना घाइते भएका छन्।

    Ad
    Ad
    Ad

    श्रीराम जानकी ब्रह्माबाबा मठमा आयोजना गरिएको मेलामा मेयर प्रेमलाल साह र स्थानीय रामविनोद साह पक्षबिच विवाद उत्पन्न भएपछि झडप भएको हो। मेयर साह उद्घाटन गर्न मठ परिसर पुगेपछि रामविनोद साह पक्षले विरोध गर्दै उद्घाटन हुन नदिने अडान लिँदा दुवै पक्षबिच हातापाई भएको प्रहरीले जनाएको छ।

    Ad
    Ad
    Ad

    झडप नियन्त्रण गर्ने क्रममा मेयर साहसँगै इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी जवान धनसुन्दर ठाकुर र जगदीश यादव घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले बताए। उनीहरूलाई गरुडास्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ।

    Ad
    Ad
    Ad
    Ad

    घटनामा संलग्न भएको आरोपमा रामविनोद साह, उनका १६ वर्षीय छोरा ऋतिक साह र भाइ राधामोहन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरू इलाका प्रहरी कार्यालय गरुडामा रहेका छन्।

    यो घटना स्थानीय राजनीतिक प्रतिद्वन्द्विता र सामाजिक प्रतिष्ठासँग जोडिएको देखिन्छ। मेलाको उद्घाटन गर्ने अधिकार स्थानीयस्तरमा सम्मान र प्रभावसँग जोडिने भएकाले विवाद चर्किएको हो । मेलाजात्रामा राजनीतिकरण हुँदै जाँदा धार्मिक–सांस्कृतिक उत्सव कलहको केन्द्र बन्दै गएको छ।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.