६ बैशाख २०८३, आइतबार / 19 April 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सर्लाहीमा गोली हानी शिक्षकको हत्या

    • बिशाल यादब बिशाल यादब
    • today३० श्रावण २०८२

    लालबन्दी : सर्लाहीमा गोली हानेर एक शिक्षकको हत्या गरिएको छ। हरिपुर्वा नगरपालिकामा शिक्षकमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।

    Ad
    Ad
    Ad

     

    गोली प्रहारबाट नगरपालिका वडा नम्बर-५ निवासी अन्दाजी ४० वर्षीय रामपुकार रायको मृत्यु भएको हो । मृतक शिक्षक निजी विद्यालयका शिक्षक रहेको खुलेको छ। उनको टाउकोमा गोली लागेको छ ।

    Ad
    Ad
    Ad

     

    घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना, इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा ११ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

    Ad
    Ad
    Ad
    Ad

     

    थप अनुसन्धान तथा आक्रमणकारीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको कमाण्डमा २१ जनासहित जम्मा ३६ जनाको प्रहरी टोली परिचालन गरिएको छ ।

     

    उपचारका क्रममा जानकी हेल्थ केयरमा राति ८:४० बजे चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए । उनको शव सोही अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र गोली प्रहारमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।

     

    अहिलेसम्म घटनाको कारण र आक्रमणकारीको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मृतक निजी विद्यालयका शिक्षक रहेको खुलेको छ ।

    घटनाबारे विस्तृत विवरण आउन बाकी रहेको सर्लाही प्रहरी प्रवक्ता सरोज राइले बताए ।

    श्रोत :- सर्लाही न्युज

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.