२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रदीप गिरिको तेस्रो पुण्यतिथिमा वीरगञ्जमा विशेष कार्यक्रम

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३० श्रावण २०८२

    वीरगञ्ज,३० साउन इमानदारी र नैतिकताको दुर्लभ आवाज मानिने नेपाली राजनीतिज्ञ तथा विचारक प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसरमा भदौ ७ गते शनिबार वीरगञ्जमा विशेष कार्यक्रम हुने भएको छ। प्रदीप गिरी इन्स्टिच्युट (PGI)ले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त कार्यक्रमबारे जानकारी दिएको हो। “उत्साह र सङ्घर्षको आलोकमा : प्रदीप गिरिको सम्झना” शीर्षकमा हुने कार्यक्रममा नेपाल र भारतका मित्र, राजनीतिक अगुवा, विचारक, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहनेछ। कार्यक्रम बिहान १०ः३० बजे वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा सुरु हुनेछ र तीन चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण तथा उहाँको जीवन र विचारमाथि आधारित वृत्तचित्र प्रदर्शन हुनेछ। दोस्रो चरणमा स्वागत तथा स्मरण मन्तव्य रहनेछ भने तेस्रो चरणमा राजनीति, अर्थतन्त्र, संस्कृति र क्षेत्रीय सम्बन्धबारे प्यानल छलफल हुनेछ। आयोजकका अनुसार छलफलमा सीमावर्ती क्षेत्रको ऐक्यबद्धता, आर्थिक सहकार्य, साझा संस्कृति र युवालाई नवप्रवर्तनतर्फ उन्मुख गराउने विषयमा विचार–विमर्श हुनेछ। पत्रकार सम्मेलनमा PGI का संयोजक कन्चन झाले संस्थाको उद्देश्यबारे प्रष्ट पार्दै भने, “प्रदीप गिरिको जीवन र विचारलाई जीवन्त राख्ने, न्यायसंगत र समावेशी समाज निर्माणका लागि अनुसन्धान, संवाद र क्रियाशीलतालाई प्रोत्साहन गर्नु हाम्रो ध्येय हो।” उनका अनुसार कार्यक्रमको उद्देश्य गिरिको मूल्य–मान्यतालाई नयाँ पुस्तासम्म पुर्‍याउने र नैतिक राजनीति, सामाजिक न्याय तथा क्षेत्रीय सद्भावको यात्रालाई निरन्तरता दिनु हो। पत्रकार सम्मेलनमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, पत्रकार सुष्मा शर्मा लगायतको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण विवेक कर्णले गरेका थिए।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.