२४ भदौ २०८२, मंगलबार / 09 September 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सशस्त्र प्रहरी बल नं. १३ गणमा पर्साद्वारा ‘स्व–रक्षा/UAC’ अनुशिक्षण तालिम सुरु

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२८ श्रावण २०८२

    बिरगंज, साउन २८ सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा तथा बिरगंज तेक्वान्डो डोजाङ्ग (Birgunj Taekwondo Dojang) को विशेष सहयोगमा आजदेखि “SELF-DEFENCE/UAC अनुशिक्षण तालिम” औपचारिक रूपमा सुरु गरिएको छ। उक्त तालिमको उद्घाटन गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यमा बिहान १० बजे एक विशेष समारोहबीच सम्पन्न भयो। कार्यक्रममा गणका अधिकृत, जुनियर अधिकृत, बिल्लादार/जवान, बिरगंज तेक्वान्डो डोजाङ्गका प्रशिक्षकहरू — प्रमुख प्रशिक्षक तथा 4th Dan Black Belt एशियन प्लेयर महमद वेश, 2th Dan Black Belt प्रथम बर्णवाल, 2th Dan Black Belt इमरान शेख, रोशन पटेल, सुजित यादव, राजन गुप्ता, हिमानी गुप्ता, नेहा झा, सन्तोष कुमार रौनियार — गरी ९ जना प्रशिक्षकहरूको सहभागिता रहेको थियो। साथै एभिन्यूज टेलिभिजन शाखा कार्यालय बिरगंजका सञ्चारकर्मी ग्यासु मिया देवान र नियमित अनलाइन खबर बिरगंजकी समाचार प्रमुख सुस्मिता यादव पनि उपस्थित थिए। तालिमको सञ्चालन, उद्देश्य र कार्ययोजनाबारे सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लले प्रस्तुतिकरण गरे। उनका अनुसार प्रशिक्षणमा आत्मरक्षाको परिचय, सिद्धान्त, चेतावनीका संकेत, व्यवहारिक अभ्यास, सुरक्षा उपाय, शारीरिक तथा मनोवैज्ञानिक आत्मरक्षा, लैङ्गिक हिंसा र दुर्व्यवहारबाट बच्ने उपाय, कानुनी सहायता प्रणाली, सामूहिक कार्य अभ्यास, डेमो प्रदर्शन तथा शारीरिक व्यायामजस्ता विषयहरू समावेश छन्। यस तालिममा ३५ जना सशस्त्र प्रहरी कर्मचारीहरू (१० जना महिला र २५ जना पुरुष) सहभागी छन्, जसमा ५ महिला र ५ पुरुष १३ गण हे.क्वाबाट र बाँकी विभिन्न मातहत युनिटबाट आएका छन्। तालिम १० कार्यदिनसम्म चल्नेछ र प्रत्येक दिन बिहान ७ बजे देखि ९ बजेसम्म २ घण्टा सञ्चालन हुनेछ। आयोजकका अनुसार, तालिमले सशस्त्र प्रहरी कर्मचारीहरूको आत्मरक्षा सीपमा वृद्धि गर्न, शारीरिक र मानसिक सशक्तिकरण गर्न तथा सम्भावित जोखिम अवस्थाहरूमा तत्काल र प्रभावकारी प्रतिक्रिया दिन सक्षम बनाउने लक्ष्य लिएको छ।

    ताजा सूचना

    • प्रदर्शनकारीमाथि बल प्रयोग भएकामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय स्तब्ध
    • हिंसात्मक घटनाप्रति विदेशी दूतावासहरूको गम्भीर चिन्ता
    • खुल्यो सामाजिक सञ्जालमाथिको प्रतिबन्ध
    • सामाजिक सञ्जाल तत्काल चलाउन ओलीलाई देउवाको फोन
    • जेनजी प्रदर्शनमा २० को मृत्यु, ४२२ घाइते
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.