२४ भदौ २०८२, मंगलबार / 09 September 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • देशका धेरै ठाउँमा वर्षा, राति पनि पानी पर्ने

    • मेराज हास्मी मेराज हास्मी
    • today२८ श्रावण २०८२

    काठमाण्डाै – देशभर सक्रिय रहेको मनसुनी प्रणालीका कारण अहिले पनि धेरै ठाउँमा पानी परिरहेको छ । बितेको २४ घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी क्षेत्रबाहेक सबैतिर पानी परेकोमा अहिले पनि सुदरपश्चिम प्रदेशबाहेक धेरै ठाउँमा पानी परिरहेको हो ।

    Ad
    Ad

    काठमाण्डौ उपत्यकासहित आसपास र पश्चिमतर्फ गण्डकी र लुम्बिनी प्रदेशमा भने अन्यत्रको तुलनामा ठूलो पानी परेको छ । बितेको १२ घण्टामा उदयपुरको गाईघाटमा १ सय २ मिलिमिटरभन्दा धेरै पानी परेको छ । यस्तै इलामको कन्याम र सप्तरीको बारमझियामा १२ घण्टामा ८९ मिलिमिटरभन्दा धेरै पानी परेको छ ।

    Ad
    Ad

    हिजोदेखि मधेश प्रदेशमा पनि राम्रो वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर आज दिउँसो र राति सबै प्रदेशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

    Ad

    यसैबीच वर्षाले सप्तकोशी नदीमा पानीको बहाव वृद्धि भइरहेको छ । मङ्गलवार रातिदेखि पहाडी क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो पानीको बहाव १ लाख ९० हजार क्युसेक प्रतिसेकेन्ड पार भएपछि कोशी ब्यारेजमा ५६ मध्ये २३ वटा ढोका खोलिएका छन् । यस्तै खतराको सङ्केत स्वरूप कोशी ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ ।

    वर्षापछिको पहिरोका कारण देशका कतिपय सडक अवरुद्ध बनेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना निकालेर आउँदो २४ घण्टा बाढी, पहिरो, डुबानलगायतका घटनाप्रति सजग रहन आग्रह गरेको छ ।

    ताजा सूचना

    • प्रदर्शनकारीमाथि बल प्रयोग भएकामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय स्तब्ध
    • हिंसात्मक घटनाप्रति विदेशी दूतावासहरूको गम्भीर चिन्ता
    • खुल्यो सामाजिक सञ्जालमाथिको प्रतिबन्ध
    • सामाजिक सञ्जाल तत्काल चलाउन ओलीलाई देउवाको फोन
    • जेनजी प्रदर्शनमा २० को मृत्यु, ४२२ घाइते
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.