२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पत्रकारमाथि भएको कुटपिट घटनामा मानवअधिकार आयोगद्वारा अनुसन्धान सुरु

    • बिशाल यादब बिशाल यादब
    • today२८ श्रावण २०८२

    जनकपुरधाम – जनकपुरधामका पत्रकारहरुमाथि वकिलहरुका एक समूहद्वारा कुटपिट भएको घटनामा राष्ट्रिय मानव अधिकार आयोग, मधेस प्रदेश कार्यालयले अनुसन्धान सुरु गरेको छ।

    Ad
    Ad
    Ad

    नेपाल पत्रकार महासंघ, मधेस प्रदेश कार्यालयमा पुगेर बुधबार घटनाबारे विस्तृत जानकारी संकलन गरेको महासंघका सचिव हदिश खुद्दारले जानकारी दिए।

    Ad
    Ad
    Ad

    खुद्दारका अनुसार मानव अधिकार अधिकृत किरण घिमिरे र राहुल कुमार ठाकुर तथा सूचना प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झा सहितको टोलीले महासंघका पदाधिकारी तथा घाइते पत्रकारहरूसँग भेटेर विवरण लिएको हो।

    Ad
    Ad
    Ad
    Ad

    आयोगको टोलीले यस घटनासँग सम्बन्धीत अन्य व्यक्तिहरूसँग पनि भेटेर प्रमाण संकलन गरिरहेको जनाएको छ। मंगलबार गुठी संस्थनबाट महासंघले लिजमा लिएको चार कट्ठा जग्गामा तारबार गर्न थालेपछि बार एशोसिएशन नेपाल जनकपुरधामका अध्यक्षसहितका कानून व्यवसायीहरुको एक समूहले पत्रकारमाथि आक्रमण गर्दा अध्यक्ष र महासचिवसहित केही पत्रकार घाइते भएका छन्। महासंघका महासचिव शैलेन्द्र महतो क्रान्तिको पैतालाको हड्डी भाँचिएको छ भने पत्रकार दिवाकर रायको अनुहार तथा टाउकोमा चोट लागेको हो। यस्तै, अनिल कुमार निरालाको आँखा सुनिएको छ भने अध्यक्ष श्याम प्रसाद बनजारालाई चोटपटक लागेको हो।

    यता, मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव नेतृत्वको टोली, आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा तथा इन्सेक मधेस प्रदेश कार्यालयका प्रमुख राजु पासवानको टोलीले समेत उक्त घटनाको विवरण संकलन गरेको हो।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.