३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विद्यार्थी जीवनमै नेतृत्वको अभ्यास आवश्यक : प्रहरी निरीक्षक निरोज चौलागाईं"

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२८ श्रावण २०८२

    बिरगंज २८ साउन वीरगञ्ज — मदरल्यान्ड स्कुलमा आज विशेष समारोहका बीच कक्षा मनिटर, हेड ब्वाज र हेड गर्लको ब्याच वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं, विशिष्ट अतिथि नेशनल प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष सोनालाल पटेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश विभाग प्रमुख रामसुन्दर आर्या, गुनासो तथा व्यवस्थापन विभाग प्रदेश प्रमुख नरेन्द्र कुमार यादव, समाजसेवी कन्हैया केशरीलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम मदरल्यान्ड स्कुलका संस्थापक एवं नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष नन्दन यादवको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी प्रमुख निरोज चौलागाईंले विद्यालयमा नेतृत्व र जिम्मेवारीको अभ्यास अत्यन्तै आवश्यक रहेको बताउँदै विद्यार्थीहरूलाई अनुशासन, इमानदारी र परिश्रमका माध्यमबाट उदाहरणीय नेतृत्व प्रस्तुत गर्न आग्रह गरे। उनले भने, “कक्षा मनिटर, हेड ब्वाज र हेड गर्लको भूमिका केवल एक पद मात्र होइन, यो जिम्मेवारी र विश्वासको प्रतीक हो। यस अवसरलाई सदुपयोग गर्दै तपाईंहरू विद्यालयको गौरव र अनुशासनको पहिचान बन्नुहोस्।” उनले अझै भने कि विद्यार्थी जीवनमै नेतृत्व क्षमता विकास गर्न सक्ने अवसरहरूले भविष्यमा उनीहरूलाई समाजका सक्षम नागरिक बन्ने आधार तयार पार्छ। कार्यक्रममा विभिन्न पदमा चयन भएका विद्यार्थीहरूलाई ब्याच वितरण गरियो। कार्यक्रममा विद्यालयका शिक्षक–कर्मचारी, विद्यार्थी अभिभावक तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.