२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सुरक्षित स्पर्श" र "असुरक्षित स्पर्श" विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२६ श्रावण २०८२

    वीरगञ्ज, साउन २६ सानो पाइला संस्था र लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीको संयुक्त आयोजनामा तथा नवदीप एकेडेमीको सहयोगमा “सुरक्षित स्पर्श” र “असुरक्षित स्पर्श” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वीरगञ्ज महानगरपालिका–१५, भिस्वास्थित नवदीप एकेडेमीमा सम्पन्न भएको हो। लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीका अध्यक्ष एवं नवदीप एकेडेमीकी संचालिका सुशिला साहको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ३, ४ र ५ मा अध्ययनरत १२७ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रशिक्षणमा विद्यार्थीहरूलाई सुरक्षित (Good) स्पर्श र असुरक्षित (Bad) स्पर्श बीचको स्पष्ट भिन्नता, आत्म–सुरक्षाका उपाय, अपरीचित व्यक्तिबाट हुने सम्भावित जोखिम र आवश्यक प्रतिकारका उपायबारे जानकारी दिइयो। प्रशिक्षकहरूले सजिलो भाषामा उदाहरणसहित असुरक्षित स्पर्शबाट जोगिने तरिका, आत्मविश्वासपूर्वक ‘ना’ भन्न सक्ने कला, र समस्या आएमा विश्वासिला व्यक्तिसँग तुरुन्त जानकारी गराउने बानीको महत्वबारे प्रशिक्षण दिएका थिए। सानो पाइला संस्थाबाट सुस्मिता चालिसे र काजल झा प्रमुख प्रशिक्षकका रूपमा प्रशिक्षण प्रदान गरेका थिए। कार्यक्रममा रेखा कुर्मी, सानो पाइला संस्था कार्यक्रम संयोजक राजकुमार तामाङ लगायतको उपस्थिति थियो। प्रमुख अतिथि लायन्सका आजीवन सदस्य लायन राधेश्याम खेतानले आफ्नो भनाइमा भने, “बालबालिकाहरूलाई यस्ता विषयमा प्रारम्भिक उमेरमै सचेत गराउन सके उनीहरू भविष्यमा असुरक्षित परिस्थितिबाट जोगिन सक्षम हुन्छन्। विद्यालय तहमै निरन्तर यस्ता कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता छ।” कार्यक्रममा नवदीप एकेडेमीका शिक्षक–शिक्षिका नेहा अग्रवाल, आनन्द तिवारी, उत्तम कुश्वाहा, सरिता सिंह, देवन्ती साह, कमला भण्डारी लगायतको उपस्थिति रहेको थियो। सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले यस प्रकारका सचेतनामूलक तालिमहरू विद्यालय तहमा निरन्तरता दिन आग्रह गरेका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.