२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रहरीको कमाल : तस्करी समातेर पैसामा बेच्यो इमान! ५० हजारमा कुखुरा चल्ला तस्करीको ‘डिल’, सीमाको सुरक्षा खोक्रो साबित

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२४ श्रावण २०८२

    बारा, — नेपाल–भारत सीमाको बारा जिल्लामा प्रहरी र तस्करको साँठगाँठको अर्को कालो पाना उजागर भएको छ। मुशहर्वा नाका हुँदै इटियहि बजारसम्म गैरकानुनी रूपमा ल्याइँदै गरेका कुखुरा चल्लासहित ५ जना व्यापारीलाई शुक्रबार राति करिब २:४५ बजे प्रहरीले साइकलसहित नियन्त्रणमा लिएको थियो। तर, जनताको सुरक्षा गर्ने हात नै पैसाको लोभमा बिग्रेर, यो पक्राउ न्यायालयको ढोका देख्नुभन्दा पहिल्यै ‘डिल’ मा टुंगियो।

    Ad
    Ad
    Ad

    स्थानीय स्रोतका अनुसार, बलिरामपुर प्रहरी चौकीका बरिष्ठ सई जीवन खड्का र प्रहरी जवान पंकज चौरसियाले व्यापारीसँग ५० हजार रुपैयाँ लिएर उनीहरूलाई सजिलै छाडिदिए। यसरी सीमाको ‘रक्षक’ नै तस्करीको ‘भागेदार’ बनेपछि प्रहरी संगठनको इमानदारीमा गहिरो प्रश्न उठेको छ।

    Ad
    Ad
    Ad

     “तस्करी रोक्ने प्रहरी नै तस्करको सुरक्षा गार्ड जस्तो भए, जनतालाई कसले जोगाउने?” — आक्रोशित प्रत्यक्षदर्शी

    यो घटनाले सीमामा वर्षौंदेखि चल्दै आएको तस्करी–प्रहरी गठबन्धन फेरि सतहमा ल्याएको छ। अँध्यारो रात, भित्री मिलोमतो र पैसाको सौदाबाजीले नेपालको सीमाको सुरक्षा प्रणालीलाई मजाक बनाइदिएको आरोप स्थानीयहरूले लगाइरहेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    सरकारको ‘सीमा कडाइ’को घोषणा भने यस्ता घटनासामु हास्यास्पद बनेको छ। जनताले तिनै प्रहरीबाट न्यायको आशा गर्ने कि तस्करीको अर्को ‘डिल’को खबर पर्खने?

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.