३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठानको प्रथम पदस्थापन कार्यक्रम सम्पन्न, नयाँ नेतृत्वलाई शुभकामना वर्षा

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२३ श्रावण २०८२

    वीरगञ्ज, साउन २३ राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठानको प्रथम पदस्थापन कार्यक्रम शुक्रबार वीरगञ्जको आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा भव्य समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रममा कानुन तथा संघीय मामिला मन्त्री माननीय अजय चौरसिया प्रमुख अतिथिका रूपमा उपस्थित रहे। विशिष्ट अतिथिका रूपमा प्रदेश सभासद् बिना शर्मा, समाजसेवी श्याम पटेल, उद्योगी ओम प्रकाश शर्मा, अशोक वैधलगायतको सहभागिता रहेको थियो। कार्यक्रममा अग्रवाल समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरू, व्यवसायी, पत्रकार तथा स्थानीय प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय रह्यो। कार्यक्रमको संयोजन तदर्थ समिति संयोजक ज्योति कुमार केयालले गरेका थिए भने कार्यक्रम संयोजकको जिम्मेवारी अनुप अग्रवालले सम्हाले। पदस्थापनको औपचारिक कार्य आर.पी. खेतानले सम्पन्न गराएका थिए। कार्यक्रममा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, नरेन्द्र साहलगायतको सहभागिता थियो। यस अवसरमा समाजका योगदानकर्ताद्वय श्रीमती नूतन सरावगी र श्रीमती स्वेता अग्रवाललाई विशेष सम्मान प्रदान गरिएको थियो। सपथ ग्रहण गरिएका पदाधिकारीहरु यस प्रकार रहेका छन।अध्यक्षमा ज्योति कुमार केयाल,उपाध्यक्षमा सञ्जय अग्रवाल,महासचिवमा परमानेन्द कदमीया,कोषाध्यक्षमा रवि शंकर अग्रवाल,सदस्यहरूमा श्रीमती नूतन पोद्दार सरावगी,अनुप अग्रवाल,सुशील मित्तल,अरविन्द खेतान,दिपेश अग्रवाल,निरज अग्रवाल,प्रदीप केडिया,अशोक टेमानी,गणेश लाठ,पिताम्बर मुनका रहेका थिए। नवपदस्थापित अध्यक्ष ज्योति कुमार केयालले आफ्नो सम्बोधनमा संस्थालाई सामाजिक, सांस्कृतिक र शैक्षिक उत्थानमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले अग्रवाल समाजको एकता र पहिचानलाई मजबुत बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए। कार्यक्रमको अन्त्यमा अतिथि तथा सहभागीहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.