२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मेरो पानी मेरो बानी" अभियान अन्तर्गत वीरगञ्जमा खडेरी प्रभावितलाई राहत सामग्री वितरण

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२२ श्रावण २०८२

    वीरगञ्ज, साउन २२ गते युनिसेफ नेपाल र वीरगञ्ज महानगरपालिकाको संयुक्त आयोजनामा, पर्सा जिल्लामा क्रियाशील चार स्थानीय संस्थाहरू नेपाल रेडक्रस सोसाइटी, नेपाल खानेपानी संस्थान, दिगो विकास स्रोत केन्द्र तथा एन.जी.ओ. सि.सि.को सहकार्यमा "मेरो पानी मेरो बानी" अभियान संचालन गरिएको छ। खानेपानी अभावको गम्भीर समस्या भोगिरहेका समुदायहरूलाई लक्षित गरी आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित धागर टोलमा विशेष कार्यक्रमको आयोजना गरियो।कार्यक्रम अन्तर्गत ३० जना स्थानीय बासिन्दाहरूलाई एक-एक थान बाल्टिमा नल (टुटी) जडान गरिएको सेट, एक थान जग, तथा एक थान पानी सफा गर्ने केमिकल हस्तान्तरण गरिएको थियो। विगत केही समयदेखि तराई, विशेषगरी मधेश प्रदेशका विभिन्न भागहरूमा पानीको अभाव गहिरिँदै गएको सन्दर्भमा यो कार्यक्रम महत्वपूर्ण पहलको रूपमा देखिएको छ। जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानका भनाई अनुसार अहिले हामी अति प्रभावित स्थानमा ६ सय थान बाडने छौं। आउने दिनमा अझ पनि बाडने योजना रहेको बताए। यस्तो खडेरी समस्या समाधानका लागि दीर्घकालीन उपाय खोज्नु आवश्यक रहेको पनि बताए। उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाकी वरिष्ठ सदस्य तथा समाजसेवी गुड्डी साहको नेतृत्व रहेको थियो।उनको सक्रियतामा नन्दनी गुप्ता, प्रिया कुश्वाहा, तथा एन.जी.ओ. सि.सि.का प्रतिनिधि दुलारचन प्रसाद र आनंद यादवको समेत उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीय समुदायमा पानीको पहुँच सुनिश्चित गर्न तथा जल स्रोतको प्रभावकारी व्यवस्थापनमा नागरिकलाई सचेत गराउने उद्देश्यले ‘मेरो पानी मेरो बानी’ अभियान संचालन गरिएको आयोजक संस्थाले जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.