१७ फाल्गुन २०८२, आइतबार / 01 March 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगन्ज हेल्थ केयर अस्पतालमा जटिल अवस्थामा रहेका शीशु र आमाको सकुशल प्रसूती सफल, स्वास्थ्यकर्मी सम्मानित

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२२ श्रावण २०८२

    वीरगन्ज २२ साउन बहुअरीस्थित वीरगन्ज हेल्थ केयर (BHC) अस्पतालमा जटिल अवस्थामा रहेको गर्भको शीशु र आमाको सकुशल प्रसूती गराउन सफल स्वास्थ्यकर्मीलाई अभिभावकद्वारा सम्मान गरिएको छ। वीरगन्ज महानगरपालिका–६ का राकेश मिश्राले अस्पतालकी प्रशासन प्रमुख तथा स्वास्थ्यकर्मी भूमिका अधिकारीलाई मायाको चिन्ह प्रदान गर्दै सम्मान गरेका हुन्। उनकी पत्नी अन्नु मिश्राको गर्भभित्र रहेको शीशुको स्वास्थ्य अवस्था निकै जटिल भइसकेको अवस्थामा पनि भूमिका अधिकारी, डा. रमोला र अन्य स्वास्थ्यकर्मीको टोलीले सफल शल्यक्रिया मार्फत शीशु र आमाको ज्यान जोगाएका थिए। भूमिका अधिकारीका अनुसार, प्रसूती मिति आउन अझै १० दिन बाँकी रहँदा अन्नुलाई चेकजाँचको लागि गत आइतबार अस्पताल ल्याइएको थियो। जाँचका क्रममा गर्भभित्रको शीशु कम चल्ने देखिएपछि तत्काल भर्ना गरिएको थियो। शीशुको अवस्था जोखिमपूर्ण देखिएपछि सोही रात डा. साह र अधिकारीको टोलीले आपतकालीन शल्यक्रियाको निर्णय गरेको थियो। शल्यक्रिया कठिन भए पनि टोलीको अथक प्रयासले प्रसूती सफल भएको अधिकारीले जानकारी दिइन्। प्रसूतीपछिका तीन दिनसम्म आमा र शीशुलाई निगरानीमा राखेर उपचार गरिएपछि बिहीबार घर पठाइएको हो। अभिभावक मिश्राले अस्पतालप्रति आभार व्यक्त गर्दै यस्तो संकटमा जीवन रक्षा गर्ने चिकित्सक र स्वास्थ्यकर्मीको भूमिकालाई अविस्मरणीय बताए।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.