२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भारत–नेपाल सीमावर्ती महदेवामा निःशुल्क आँखा शिविर सम्पन्न, ७५ जनामा मोतियाबिन्द देखापर्‍यो

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२१ श्रावण २०८२

    वीरगंज, साउन २१ सामूदायिक सेवा केन्द्र छप्कैया, वडा नं. २ को आयोजनामा तथा वीरगंज सामूदायिक आँखा केन्द्रको सहयोगमा भारत–नेपाल सिमानामा अवस्थित भारतको ग्राम महदेवामा एकदिने निःशुल्क आँखा जाँच तथा उपचार शिविर सम्पन्न भएको छ। स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका सीमावर्ती बस्तीहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस शिविरमा कुल २०२ जना बिरामीहरूको आँखा परीक्षण गरिएको थियो। तीमध्ये ७५ जनामा मोतियाबिन्द देखा परेको जानकारी वीरगंज सामूदायिक आँखा केन्द्रका प्रमुख डा. महेश सिंह धामीले दिनुभयो। मोतियाबिन्द देखिएका बिरामीहरूको लेन्ससहित निःशुल्क शल्यक्रिया गरिने र अन्य बिरामीहरूलाई आवश्यक औषधि तथा चश्मामा ५० प्रतिशत छुट दिइने उहाँले बताउनुभयो। शिविरको उद्घाटन कार्यक्रम सामूदायिक सेवा केन्द्र छप्कैया वडा नं. २ का अध्यक्ष हाजी ग्यासुदिन मिया ठकुराईको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि समाजसेवी विभव सिंहले वीरगंज सामूदायिक आँखा केन्द्र र सामूदायिक सेवा केन्द्र छप्कैयाले सीमावर्ती जनताका लागि गरेको यो सेवा अमूल्य रहेको बताउँदै यस्ता कार्यले जनस्वास्थ्यमा उल्लेखनीय योगदान पुग्ने उल्लेख गर्नुभयो। विशिष्ठ अतिथिका रूपमा पूर्व सरपञ्च निरहसन ठकुराई, महदेवा एसएसबीका इन्चार्ज जोनप्रकाश टड्डु, एएसआई कृपाराम शर्मा, एसएसबीका विरेन्द्र सिंह पवार, समाजसेवी विवेक सिंह, समाजसेवी गणेश झा लगायतले समेत कार्यक्रममा सहभागी भई जनस्वास्थ्यसँग सम्बन्धित यस्ता शिविरहरू सीमावर्ती सद्भाव र सहयोगको प्रतीक भएको विचार व्यक्त गरे। कार्यक्रममा सामूदायिक सेवा केन्द्रका उपाध्यक्ष मो. अब्दुलहक, कोषाध्यक्ष श्रीमती प्रेम कुमारी लगायत स्थानीय अगुवा तथा समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.