३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा ‘कपडा बैंक’ लाई कपडा हस्तान्तरण, परोपकारी कार्यमार्फत सामाजिक उत्तरदायित्वमा उदाहरणीय पहल

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२० श्रावण २०८२

    वीरगंज, साउन २० । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले आज सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगंजस्थित ‘कपडा बैंक’लाई कपडा हस्तान्तरण गरी एक उल्लेखनीय परोपकारी कार्य सम्पन्न गरेको छ। क्लबकी अध्यक्ष सुशिला साहको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रम वीरगंजको घण्टाघर नजिकै रहेको कपडा बैंक कार्यालय परिसरमा आयोजना गरिएको थियो। कार्यक्रममा क्लबका अन्य पदाधिकारी तथा सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको थियो। सहयोगस्वरूप प्रदान गरिएका कपडाहरू कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले ग्रहण गरे। उनले क्लबको सहयोगप्रति आभार व्यक्त गर्दै भने, “कपडा बैंक विशेषगरी गरिब, दुःखी तथा विपन्न वर्गका लागि समर्पित सामाजिक अभियान हो।

    Ad
    Ad
    Ad

    यस प्रकारको सहयोगले हाम्रो अभियानलाई अझ प्रभावकारी बनाउनेछ।” क्लब अध्यक्ष सुशिला साहले क्लबको मूल उद्देश्य समाजमा परोपकारको भावना विस्तार गर्नु भएको उल्लेख गर्दै भनिन्, “हाम्रो क्लबले भविष्यमा पनि यस्ता सहयोगी गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता लिएको छ।”

    Ad
    Ad
    Ad

    कार्यक्रममा कपडा बैंकका सल्लाहकार तथा समाजसेवी प्रकाश उपाध्याय, श्रवणबहादुर रायमाझी, मनोज मिश्रा, लायन्स क्लबका देवन्ती साह, गुडि जोशी लगायतले कपडाहरू छानबिन गरी व्यवस्थित रूपमा हस्तान्तरण गरेका थिए। उपस्थित वक्ताहरूले यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र सबैमा सामाजिक उत्तरदायित्व बहन गर्ने प्रेरणा दिने बताएका थिए।

    Ad
    Ad
    Ad
    Ad

    कार्यक्रमको अन्त्यमा लायन्स क्लब र कपडा बैंकबीच आगामी दिनहरूमा सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.