६ बैशाख २०८३, आइतबार / 19 April 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • शुक्लाफाँटा आरक्ष विस्थापितको पुनर्स्थापना माग गर्दै सांसद तामाङद्वारा सरकारको ध्यानाकर्षण

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today१९ श्रावण २०८२

    काठमाडौं, १९ साउन/ प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका नागरिकको पुनर्स्थापना तथा जीवनयापनका न्यूनतम आवश्यकताप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

    Ad
    Ad
    Ad

    कञ्चनपुर क्षेत्र नं. १ बाट निर्वाचित सांसद तामाङले सोमबार प्रतिनिधिसभाको छैठौं अधिवेशनको शून्य समयमा सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनु हुँदै सांसद तामाङले विसं २०५८ मा आरक्ष विस्तारसँगै विस्थापित भएका परिवारहरू अझैसम्म पुनःस्थापित हुन नसकेको उल्लेख गर्नुभयो। उहाँले यसबीचमा सरकारले ३२ वटा आयोग गठन गरे पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्दा पीडितहरू अझै ढक्का शिविरसहित विभिन्न शिविरहरूमा अत्यन्त कष्टकर जीवन बिताउन बाध्य भएको तथ्य संसदमा प्रस्तुत गर्नुभयो।

    Ad
    Ad
    Ad

    “विस्थापितहरूलाई मानवीय आधारमा न्यूनतम आवश्यकता समेत सुनिश्चित हुन नसकेको अवस्थामा तत्काल राहत तथा पुनर्स्थापनाको स्पष्ट योजना अघि बढाइनुपर्छ,” सांसद तामाङले भन्नुभयो, “पीडितहरूको दीर्घकालीन समाधानका लागि नेपाल सरकारसँग तुरुन्त हस्तक्षेपको अपेक्षा गर्दछु।”

    Ad
    Ad
    Ad
    Ad

    त्यसैगरी, सांसद तामाङले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रभित्र पर्ने महाकाली, चौधरलगायतका नदीबाट विगत ३-४ वर्षदेखि नदीजन्य पदार्थ ननिकालिएको कारण नदी सतह बढ्दै बाढीको जोखिम निम्त्याएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले प्राकृतिक जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययनपश्चात यथासम्भव नदीजन्य पदार्थ निकासीको अनुमति दिन पनि सरकारसँग आग्रह गर्नुभयो।

    “स्थानीय बासिन्दाको सुरक्षाको सवाल छ। बाढीको जोखिमबाट बच्न नदीजन्य सामग्रीको व्यवस्थापन अत्यावश्यक भइसकेको छ,” सांसद तामाङले स्पष्ट गर्नुभयो। उक्त विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद तामाङले तत्काल पहल नगरे पुनः मानवीय संकट निम्तिन सक्ने चेतावनी पनि दिनुभएको थियो।

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.