३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मन्त्री जयसवालद्वारा विपस्सना ध्यान केन्द्रको अनुगमन, मानसिक स्वास्थ्य प्रवर्द्धनमा प्रदेश सरकारको प्रतिबद्धता

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१७ श्रावण २०८२

    वीरगञ्ज, साउन १७ — मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले शनिबार वीरगञ्जस्थित विपस्सना ध्यान केन्द्रको स्थलगत अनुगमन गरेका छन्। ध्यान केन्द्रमा भइरहेको अभ्यास, पूर्वाधार विकास तथा व्यवस्थापनको अवस्थाबारे अवलोकन गर्दै मन्त्री जयसवालले सहभागीहरूसँग प्रत्यक्ष संवाद पनि गरे। मन्त्री जयसवालले ध्यानमार्फत मानसिक सन्तुलन, आन्तरिक शान्ति र सामाजिक समभावको भावना विकास गर्न सकिने बताए। उनले भने, “ध्यान केन्द्रहरू आत्मविकास र सामाजिक स्थायित्वका लागि महत्वपूर्ण आधार हुन्।

    Ad
    Ad
    Ad

    प्रदेश सरकार यस्ता संस्थाको संरक्षण, प्रवर्द्धन तथा विस्तारमा नीतिगत र संरचनागत सहयोग गर्न तत्पर छ।” उनका अनुसार ध्यान र मानसिक स्वास्थ्यप्रतिको जनचेतना अभिवृद्धिका लागि सरकारले दीर्घकालीन योजना बनाइरहेको छ। मन्त्री जयसवालले यस्ता ध्यान केन्द्रहरूलाई समुदायमै विस्तार गरी शारीरिक र मानसिक स्वास्थ्य सुदृढीकरणको अभियानलाई टेवा दिने सरकारको दृष्टिकोण रहेको बताए।

    Ad
    Ad
    Ad

    विपस्सना ध्यान केन्द्रका पदाधिकारीहरूले मन्त्रीलाई ध्यान अभ्यासको महत्व, जनसहभागिता, प्रशिक्षकको अभाव, पूर्वाधारको अभाव जस्ता विषयमा जानकारी गराएका थिए। मन्त्रीले ती सबै समस्याहरूलाई नीतिगत तहमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। यस अवलोकन भ्रमणले मधेसमा मानसिक स्वास्थ्य, ध्यान अभ्यास र जीवनशैली सुधारप्रति सरकारी संलग्नता बलियो बनाउने अपेक्षा गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.