३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा हिन्दु स्वयंम सेवक संघ द्वारा “श्री गुरु दक्षिणा उत्सव” भव्य रूपमा सम्पन्न – राष्ट्र, धर्म र संस्कृतिप्रतिको समर्पणलाई बलियो सन्देश

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१७ श्रावण २०८२

     बिरगंज, साउन १७ हिन्दू धर्म, संस्कृति तथा राष्ट्रिय चेतनाको संरक्षण र प्रवर्द्धनमा समर्पित हिन्दू स्वयंसेवक संघ नेपालद्वारा आयोजित "श्री गुरु दक्षिणा उत्सव कार्यक्रम" वीरगंज आदर्शनगरस्थित रानी सती धर्मशालामा शनिबार एक भव्य समारोहका साथ सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य गुरु परम्पराको सम्मान गर्दै राष्ट्र, धर्म र संस्कृतिप्रति समर्पित भावनालाई अझ सशक्त बनाउनु रहेको आयोजकहरूद्वारा जानकारी दिइएको छ।

    Ad
    Ad
    Ad

    विशिष्ट अतिथिको मन्तव्य राष्ट्रिय स्वयंसेवक संघ, उत्तर बिहारका प्रान्त प्रचारक रबि शंकर जी महाराजले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो नेपालमा हिन्दूत्वको भावनाले राष्ट्र निर्माणको मार्गदर्शन गर्छ। हिन्दू स्वयंसेवक संघ नेपालले धार्मिक एवं सांस्कृतिक जागरणको माध्यमबाट जुन सेवा कार्य गर्दै आएको छ, त्यो अत्यन्तै प्रेरणादायी र प्रशंसनीय छ। यो अभियान केवल धार्मिक आस्थामा सीमित छैन, यो राष्ट्रनिर्माणको आधार हो। नेपाल हिन्दू राष्ट्रको पहिचानसहित विश्वभर हिन्दू चेतनाको केन्द्र बन्नसक्ने भूमि हो र त्यसका लागि हामी सबैले जागरुक हुन जरुरी छ। प्रमुख अतिथिको भनाइ कार्यक्रमका प्रमुख अतिथि डा. निरज कुमार सिंह (कन्सल्टेन्ट फिजिसियन, नारायणी अस्पताल एवं नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष) ले भन्नुभयो स्वास्थ्य, शिक्षा, संस्कार र संस्कृति— यी चारै क्षेत्रको समन्वयबाट मात्र समृद्ध समाजको निर्माण सम्भव हुन्छ। हिन्दू स्वयंसेवक संघ नेपालले जुन समर्पण भावका साथ समाज परिवर्तन र चरित्र निर्माणका लागि कार्य गरिरहेको छ, त्यो सबै क्षेत्रका लागि अनुकरणीय छ।

    Ad
    Ad
    Ad

    विशेषतः आजको युवापुस्ता सेवा, संयम र सुसंस्कारको बाटोमा अग्रसर होस् भन्ने प्रेरणा दिन यस्ता कार्यक्रमहरू अत्यन्तै आवश्यक छन्। कार्यक्रम संयोजक एवं वीरगंज विभाग संघचालक अशोक बैधले कार्यक्रममा भन्नुभयो विकृति र विसंगति बढ्दो आजको समाजमा यदि कुनै संस्था सुसंस्कार, समर्पण र राष्ट्रप्रेमका साथ हिन्दू राष्ट्र र हिन्दूत्वको रक्षामा कटिबद्ध भएर लागिरहेको छ भने त्यो हिन्दू स्वयंसेवक संघ नै हो। यो कार्यक्रम हामी सबैका लागि आध्यात्मिक प्रेरणा र सामाजिक दायित्वबोधको सन्देश बोकेको छ। हामीले तन, मन र धनले राष्ट्र र नेपाल आमाका लागि केही न केही योगदान दिनै पर्छ।

    Ad
    Ad
    Ad
    Ad

    यही भावनाले हामी अगाडि बढिरहेका छौं। कार्यक्रमका प्रमुख आकर्षणहरू गुरुपूजन,गुरुदक्षिणा अर्पण,संघ कार्यप्रति प्रतिबद्धता दोहोर्याउने शपथ, तथा धार्मिक राष्ट्रहितका मन्तव्य कार्यक्रमका विशेष पक्षहरू रहे।कार्यक्रममा हिन्दू स्वयंसेवक संघ नेपालका विभिन्न तहका पदाधिकारी, स्वयंसेवक, बुद्धिजीवी, चिकित्सक, व्यवसायी, शिक्षाविद्, युवा वर्ग लगायत उल्लेखनीय उपस्थिति रहेको थियो।

    सामाजिक एकता, धार्मिक जागरण र राष्ट्रभक्ति प्रवर्द्धनमा कार्यक्रमले प्रभावकारी सन्देश दिएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।कार्यक्रमले राष्ट्रिय पहिचानका रूपमा हिन्दू राष्ट्रको अवधारणा, संस्कारयुक्त समाज निर्माण, र नयाँ पुस्तामा सुसंस्कार र कर्तव्यबोधको भावना अभिवृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ। "राष्ट्रका लागि, नेपाल आमाका लागि, हामी सबैले तन, मन, धनले योगदान गर्नै पर्छ" भन्ने मूल मर्मलाई आत्मसात गर्दै कार्यक्रम समापन भएको थियो।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.