२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सुख्खा संकटग्रस्त मधेशमा राहतमा जुट्न ऊर्जामन्त्री खड्काको निर्देशन

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today११ श्रावण २०८२

    काठमाडौं, ११ साउन – मधेश प्रदेशलाई सरकारले सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले मन्त्रालय अन्तर्गतका सबै निकायलाई ढिलासुस्ती नगरी राहत कार्यमा सक्रिय हुन कडा निर्देशन दिएका छन्।

    Ad
    Ad
    Ad

    ऊर्जा मन्त्रालयमा आज बोलाइएको आपतकालीन उच्चस्तरीय बैठकमा मन्त्री खड्काले आठ जिल्लामा उत्पन्न सिंचाई र खानेपानीको संकट समाधानका लागि तुरुन्तै कदम चाल्न निर्देशन दिँदै भने, “अब कागजी प्रक्रिया र टेन्डरको झन्झटभन्दा माथि उठ्नुपर्छ, जुनसुकै कानुनी उपाय प्रयोग गरेर भए पनि जनतालाई राहत पुर्‍याउनुहोस्।”

    Ad
    Ad
    Ad

    बैठकमा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिवहरू सुरेश आचार्य र सरिता दवाडी, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, सिंचाई विभागका महानिर्देशक संजिव बराल लगायत प्राविधिक तथा अधिकारीहरूको उपस्थिति थियो। मन्त्री खड्काले सबै इकाइहरूलाई निष्क्रिय नबस्न आग्रह गर्दै तत्काल डिप बोरिङ, सोलार पम्प, अस्थायी मोटर सेट र पाइपलाइन बिछ्याउने कार्य अघि बढाउन निर्देशन दिए।

    Ad
    Ad
    Ad
    Ad

    त्यस्तै, कम पानीमै उत्पादन गर्न सकिने उन्नत जातका धानको बीउ तथा कृषि उपकरण किसानसम्म पुर्‍याउन पनि सम्बन्धित निकायलाई आदेश दिइएको छ। “राजधानीमा बसेर निर्देशनमात्र दिने बेला सकिएको छ, अब काम देखाउने बेला हो,” मन्त्री खड्काले भने।

    बैठकमा सहभागी पदाधिकारीहरूले मन्त्रीको निर्देशनलाई तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन्। साथै, मन्त्री खड्काले हरेक २४ घण्टामा प्रगति विवरण अनिवार्य रूपमा बुझाउने व्यवस्था मिलाउनसमेत निर्देशन दिएका छन्।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.