२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सिमानामा सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी! एसपी खुमबहादुर के.सी. र सई जीवन खड्का संलग्न, केन्द्रिय टोलिद्वारा लोडरसहित तस्करीको सामान बरामद

    • संजय कुशवाहा संजय कुशवाहा
    • today११ श्रावण २०८२

     बारा— देशको सीमामा तैनाथ सुरक्षा निकायले जनताको सुरक्षा होइन, तस्करीको संरक्षण गरिरहेको खुलासा भएपछि सिंगो सुरक्षा प्रणालीमाथि प्रश्न उठेको छ। सशस्त्र प्रहरीका एक एसपी ले खुलेआम तस्करी गराइरहेका छन् भने मुसर्वाका नेपाल प्रहरीका सईले तस्करीको सामान स्काउटिङ गरी सहज निकास दिइरहेका छन्। गोप्य सूचना पाएपछि सशस्त्र प्रहरीको विशेष टोलीले बरैनिया क्याम्प अगाडिबाट छापा हानी एउटा लोडरसहित आठ पोका कपडा बरामद गरेको छ।

    Ad
    Ad
    Ad

    अचम्मको कुरा — स्थानीय चौकीले भने आँखा चिम्लिएको छ। अब प्रश्न उठ्छ, सीमामा खटिएका सशस्त्र प्रहरीको काम के? जब स्थानीय चौकी मौन बस्छ र केन्द्रीय टोली आएर मात्र कारबाही गर्छ, तब त्यो सीमाक्षेत्र तस्करहरूको खुला खेल मैदान बनेको स्पष्ट हुन्छ।

    Ad
    Ad
    Ad

    बरैनियाका इन्सपेक्टर हरि रिमाल र मुसर्वाका सई जीवन खड्का जस्ता पदाधिकारीहरूको भूमिका संकास्पद हुँदा पनि उनीहरूमाथि कारबाही हुने हो कि होइन भन्ने प्रश्न झन् चर्किएको छ। अहिले व्यापक रूपमा उठिरहेको अर्को गम्भीर प्रश्न हो — के बोर्डर क्षेत्रमा हुने प्रहरी सरुवा तस्करी भागबण्डाका लागि मात्र हो? यदि सरुवा ‘कमाईको लागि सुनिएको होडबाजी’ हो भने, त्यो राष्ट्रघात हो।

    Ad
    Ad
    Ad
    Ad

    सुरक्षा फौजभित्रै रहेका तस्करी संरक्षकहरूलाई उन्मुक्ति दिने हो भने बोर्डर नामको सुरक्षा कागजमा मात्र सीमित हुनेछ। अब जरुरी भइसकेको छ — उच्चस्तरीय छानबिन, दोषीमाथि कडा कारबाही र सीमालाई तस्करमुक्त बनाउने साहसिक निर्णय। नत्र, सीमा सुरक्षामा खटिएका प्रहरीहरू जनताको होइन, तस्करका एजेन्ट सावित हुन्छन्!

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.