३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today५ श्रावण २०८२

    काठमाडौं, ५ साउन। तराई–मधेस क्षेत्रमा पछिल्ला दिनमा परेको निरन्तरको खडेरीले कृषि, खानेपानी र सिंचाइ क्षेत्रमा गम्भीर असर पारेको छ। साउनको पहिलो सातासम्म पनि वर्षा न्यून हुँदा मधेस प्रदेशका आठ जिल्लामा करिब ४६–४७ प्रतिशत कृषियोग्य जमिनमा अझै धान रोपाइ हुन सकेको छैन। यो अवस्थालाई सरकारले राष्ट्रिय खाद्य सुरक्षामाथिको गम्भीर चुनौतीका रूपमा लिँदै उच्च सतर्कता अपनाएको छ। देशको अन्न भण्डार मानिने मधेसको संकट समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काको पहलमा सोमबार चार मन्त्रालयको संयुक्त बैठक सम्पन्न भएको छ।

    Ad
    Ad
    Ad

    बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र खानेपानी मन्त्री प्रदीप यादवको समेत सहभागिता थियो। बैठकमा चार मन्त्रालयका सचिवहरूको समेत उपस्थिति रहेको थियो। छलफलपछि चारवटै मन्त्रालयका सह–सचिवहरूको प्रतिनिधित्व रहने गरी एक उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरिएको छ। कार्यदललाई समस्या पहिचान, तदनुसारको रणनीति निर्माण र कार्यान्वयनका लागि आवश्यक अधिकार प्रदान गरिएको छ।

    Ad
    Ad
    Ad

    ऊर्जा मन्त्री खड्काले भने, “धान रोपाइमा आएको संकट केवल किसानको मात्र होइन, सम्पूर्ण राष्ट्रको खाद्य सुरक्षामाथिको संकट हो। हामी समस्या समाधानमा गम्भीरताका साथ लागेका छौं।” खडेरीका कारण यस वर्ष मधेसमा केवल कृषि मात्र नभई खानेपानी र सिंचाइको अभावसमेत चरम अवस्थामा पुगेको छ, जसले लाखौं नागरिकको दैनिक जीवन प्रभावित बनाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    दीर्घकालीन समाधानका लागि संरचनात्मक सुधार र बजेट व्यवस्थापनका सुझाव पनि कार्यदललाई दिइने मन्त्रीहरूको भनाइ छ। सरकारको तत्काल कदमबाट मधेसवासीमा राहतको आशा जागेको छ।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.