३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!

    • अशोक यादब अशोक यादब
    • today५ श्रावण २०८२

    नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको लेकसाइड क्षेत्रमा सुरक्षा व्यवस्थाको पोल खोल्ने घटना सार्वजनिक भएको छ। केन्याबाट नेपाल घुम्न आएका एक चर्चित विदेशी युट्युबरलाई लुटपाट गरिँदा पोखराको पर्यटन छविमा गम्भीर धक्का लागेको छ। पीडित युट्युबरका अनुसार, उनी पोखराको लेकसाइड क्षेत्र नजिक साँझको समयमा हिंडिरहेका थिए। सोही क्रममा एक समुहले उनलाई छुरा देखाएर आतंकित पार्‍यो र १७ सय अमेरिकी डलर (झण्डै २ लाख २५ हजार रुपैयाँ) लुटेर फरार भयो। घटनापछि उनले तत्कालै नजिकैको प्रहरी चौकीमा उजुरी दिएका थिए, तर प्रहरीले हालसम्म लुटेराहरूलाई पक्रन नसकेको उनी बताउँछन्।

    Ad
    Ad
    Ad

    युट्युबरले लुटपाटपछि आफूसँग बाँकी यात्रा गर्ने पैसा नभएको र पोखरामै अलपत्र अवस्थामा रहेको दुखेसो पोखे। उनले आफ्नो युट्युब च्यानलमार्फत भिडियो पोस्ट गर्दै भावुक अपिल गरेका छन् – "नेपाल मलाई मन पर्यो, तर अहिले म यहाँ फसेको छु। कृपया म घर फर्किन सहयोग गर्नुहोस्!" उक्त लुटपाटको घटना पोखराको पर्यटन सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरिरहेको छ। पर्यटन प्रवर्द्धनको नाममा करोडौं बजेट खर्च गर्ने राज्यसंयन्त्रले विदेशी पाहुनालाई लुटपाटबाट पनि सुरक्षित राख्न नसक्नु लाजमर्दो विषय बनेको छ। अब प्रश्न उठ्छ –

    Ad
    Ad
    Ad

    लेकसाइड जस्तो पर्यटकीय क्षेत्र यति असुरक्षित किन? विदेशी पाहुनाको सुरक्षाको प्रत्याभूति कहिले? के सरकार र प्रहरी पर्यटक सुरक्षामा गम्भीर छन् कि होइनन्? सञ्चारकर्मी र नागरिक समाजले यस्तो घटनामा छानबिन र तिव्र कारवाहीको माग गरेका छन्। अन्यथा, यस्ता घटनाले नेपाललाई विश्व पर्यटन नक्शाबाट हराउन समय लाग्ने छैन। नेपाल, पर्यटकका लागि सुरक्षित छैन भने हाम्रो पर्यटन "Visit Nepal" होइन, "Risk Nepal" बन्नेछ!

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.