२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!

    • संजय कुशवाहा संजय कुशवाहा
    • today५ श्रावण २०८२

    भारत–नेपाल सीमानाका रक्सौल नजिक एसएसबी चेकपोस्टमा एक नाबालिग नेपाली केटीको सम्भावित तस्करी प्रयास ऐनैमा रोकिएको छ। ४७वीं वाहिनीको एएचटीयू टोलीले नेपालबाट भारत पैदल आइरहेका एक व्यक्तिलाई संकास्पद अवस्थामा रोकी जब सोधपुछ गर्‍यो, तब घटना झनै सनसनीपूर्ण बन्दै गयो।

    Ad
    Ad
    Ad

    नक्कली हिन्दु नाम ‘आकाश’ राखेर फेसबुकमा प्रेमजाल फाल्ने युवकको वास्तविक नाम मोहम्मद समीर भएको खुलेको छ। उसले सोनी कुमारी नामकी नाबालिग नेपाली केटीलाई फेसबुकबाट जालमा पारेर भारतको उत्तर प्रदेश लैजान लागेको थियो। लगत्तै एएचटीयू टोली, ‘स्वच्छ रक्सौल’ र ‘मैती नेपाल’ (एनजिओ)ले संयुक्त रूपमा युवकसँग कडा सोधपुछ गर्दा घटनाको वास्तविकता खुल्यो। केटीलाई मानव तस्करीका खतराबारे बुझाउँदा थाहा भयो कि उसलाई न त तस्करको वास्तविक नाम थाहा थियो, न कहाँ लगिँदैछ भन्ने जानकारी।

    Ad
    Ad
    Ad

    युवकको मोबाइलमा ‘आकाश’ नामको फेक आइडीमार्फत थुप्रै हिन्दु नाबालिगहरूसँग च्याट र प्रेम सन्देश भेटिए। युवतीका परिवारले बर्दिबास, महोत्तरीस्थित प्रहरी चौकीमा पहिले नै गुमशुदगीको उजुरी दिएका थिए। अनुसन्धानपछि पुष्टि भयो कि युवती घरबाट केही नबताई मोहम्मद समीरको झुटो प्रेममा परेर भारत जान तयार भएकी थिइन्। घटनामा संलग्न युवती र युवकलाई थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि बीरगंजस्थित इनर्वा प्रहरी चौकीमा बुझाइएको छ। उद्धारमा एएचटीयू इन्चार्ज इन्स्पेक्टर विकास कुमार, सई खेमराज, हवलदार अरविन्द द्विवेदी, महिला प्रहरी शालिनी सिंह र सोनाली कुमारी, ‘स्वच्छ रक्सौल’का रणजीत सिंह र साबरा खातूनको विशेष भूमिका रह्यो। मानव तस्करीविरुद्धको यो सफलता प्रहरी र सामाजिक संस्थाको सजगता र समन्वयको उत्कृष्ट उदाहरण बनेको छ। अब प्रश्न उठेको छ – फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत भइरहेका यस्ता तस्करी योजनालाई कसरी रोक्ने?

    Ad
    Ad
    Ad
    Ad

    सम्बन्धित निकायले यसप्रकारका साइबर अपराध तथा नाम परिवर्तन गरी धर्म र भावनालाई हतियार बनाउने प्रवृत्तिविरुद्ध तत्काल कारवाही गर्नुपर्ने आवाज उठ्न थालेको छ। यदि तपाईंले पनि यस्ता संदिग्ध गतिविधि देख्नुभयो भने तुरुन्त नजिकको प्रहरी वा मानव तस्करीविरोधी निकायलाई खबर गर्नुहोस्। नाबालिगहरू सुरक्षित राखौं – प्रेमको नाउँमा धोका नदिउँ!

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.