२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

    • रामाशंकर साह रामाशंकर साह
    • today२९ असार २०८२

    प्रतिनिधिसभाको विशेष समयमा सांसद तारा लामा तामाङले कञ्चनपुरमा छाउपडीका कारण भएको पीडादायक मृत्यु घटनालाई उल्लेख गर्दै संसद र समाज दुवैमा गहिरो आत्ममन्थन आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

    Ad
    Ad
    Ad

    कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा बसेकी २८ वर्षीया कमला आउजीको सर्पदंशबाट मृत्यु भएको घटनालाई मार्मिक रूपमा स्मरण गर्दै सांसद तामाङले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले आउजीका परिवारलाई तत्काल राहत र आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरे।

    Ad
    Ad
    Ad

    "२१औँ शताब्दीको नेपालमा पनि छाउपडीजस्तो अमानवीय र अपमानजनक प्रथा कायमै रहनु केवल लज्जास्पद होइन, मानव अधिकारको घोर उल्लंघन हो," तामाङले भने। उनले यस्तो प्रथाको अन्त्यका लागि प्रभावकारी जनचेतना कार्यक्रम र कानुनको कठोर कार्यान्वयन अपरिहार्य रहेको बताए। सांसद तामाङले संसदभित्र पछिल्ला समय देखिएका असंयमित, तथ्यहीन र उत्तेजनात्मक अभिव्यक्तिहरूको पनि विरोध गर्दै लोकतान्त्रिक संस्थामाथि त्यसले पारेको नकारात्मक असरप्रति चिन्ता व्यक्त गरे।

    Ad
    Ad
    Ad
    Ad

    "संसद राष्ट्रको सर्वोच्च मञ्च हो। यहाँ बोलेका हरेक शब्द भावी पुस्ताका लागि अभिलेख बन्छन्। त्यसैले संयमता, आत्मपरीक्षण र मर्यादित व्यवहार अनिवार्य छ," तामाङले संसदमा भने। उनले नियमावलीअनुसार असंयमित अभिव्यक्तिहरूमाथि स्पष्ट कार्यवाही हुनुपर्ने माग गर्दै जोड दिए कि "झुटो भाषणले होइन, सत्य र संयमताले मात्र संसदको शिर उँचो हुन्छ।

    " विशेष समयको अन्त्यमा सांसद तामाङले संसदले जनताको वास्तविक पीडा र समस्या सम्बोधन गर्ने जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए। उनले क्षणिक राजनीतिक लाभका लागि भ्रम र घृणा फैलाउने अभिव्यक्तिबाट जोगिन आग्रह गरे।

    त्यस्तै, उनले वर्षायाममा कञ्चनपुरसहित देशका विभिन्न नदीहरूमा बाढी तथा पहिरोको उच्च जोखिम रहेको भन्दै सरकारलाई सतर्कता अपनाउन, पूर्वतयारी गर्न र सम्भावित जनधनको क्षति न्यूनीकरणमा सक्रिय भूमिका खेल्न आग्रह गरे।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.