२८ असार २०८२, शनिबार / 12 July 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मनसुनजन्य विपद् न्यूनीकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जामन्त्री खड्का

    • बिराज यादव बिराज यादव
    • today२६ असार २०८२

    काठमाडौँ, २६ असार — उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा मनसुनजन्य विपद्को जोखिम न्यूनीकरण गर्न चीनसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्। बिहीबार उर्जा मन्त्रालयमा आयोजित ‘मनसुनजन्य विपद्को पूर्वतयारी तथा व्यवस्थापन कार्यक्रम–२०८२’ मा बोल्दै मन्त्री खड्काले प्राकृतिक प्रकोपहरूको रोकथाम तथा समयमै पूर्वसूचना प्रवाहका लागि दुई देशबीच प्राविधिक र सूचना आदानप्रदानमा सहकार्य हुनुपर्नेमा जोड दिए। उनले नेपालका अधिकांश नदीहरू चीनको भूभागबाट आउने भएकाले त्यहाँको मौसमीय तथा जल स्रोत सम्बन्धी गतिविधिले नेपालमा प्रत्यक्ष असर पार्ने बताए। “बाढीको पूर्वसूचना नहुँदा ठूलो जनधनको क्षति हुने गरेको छ। कहिलेकाहीँ पानी नदेखिए पनि हिमताल फुट्दा वा विस्फोट हुँदा अकस्मात बाढी आउँछ,” मन्त्री खड्काले भने, “यदि समयमै चेतावनी दिने 'साइरन सिस्टम' जडान गरिएको भए धेरै ठाउँमा क्षति घटाउन सकिन्थ्यो।”

    Ad
    Ad

    मन्त्री खड्काले नेपालमा रहेका हिमतालहरूको संरक्षणलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै चीनतर्फ रहेका हिमताल फुट्दा त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने भएकाले सतर्कता अपनाउनु आवश्यक भएको बताए। पूर्वसूचना प्रणाली अझ प्रभावकारी नभएको भन्दै उनले जलविद्युत आयोजना, सिंचाई नहर तथा अन्य पूर्वाधारहरूमा चेतावनी केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए। स्रोतसाधनको अभाव भएको स्वीकार गर्दै मन्त्री खड्काले भने, “सरकारसँग सबै ठाउँमा पु¥याउने बजेट छैन, तर पूर्वसूचनाको पहुँच हरेक नागरिकमा हुनुपर्छ।” उनले बाढी र पहिरोबाट भएको क्षतिको पुनर्निर्माणमा सहजता ल्याउन आवश्यक सामग्री भन्सार छुटमा ल्याउन अर्थ मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए। साथसाथै, विपद् व्यवस्थापनमा सक्रिय र कार्यकुशल कर्मचारीलाई पुरस्कार दिने प्रणाली पनि निर्माण गरिने धारणा व्यक्त गरे।

    Ad
    Ad

    कार्यक्रममा मन्त्रालयका सचिव सरिता दवाडीले विपद् व्यवस्थापनमा एकीकृत प्रणाली आवश्यक रहेको बताइन्। उनले हिमाली तथा पहाडी क्षेत्रमा थप मापन केन्द्रहरू स्थापना गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसले जोखिम क्षेत्र पहिचान र पूर्वसूचना प्रसारणमा टेवा पुर्‍याउने बताइन्। जल तथा उर्जा आयोगका सचिवालयका सचिव दिनानाथ मिश्रले प्राकृतिक प्रकोप न्यूनीकरणमा पूर्वतयारी अपरिहार्य भएको बताए। उनले चीनसँग मौसम विज्ञान तथा जलसम्बन्धी सहकार्य अझ सुदृढ गर्नुपर्ने आवश्यकता उल्लेख गरे। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले रसुवागढी, चिलिमे, त्रिशुली थ्री बी जस्ता जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍याएको जानकारी गराए। उनले जलविद्युत पूर्वाधारलाई सुरक्षित राख्न समयमै सूचना प्रवाह महत्त्वपूर्ण भएको बताए। उर्जा मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले विपद् न्यूनीकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच सशक्त समन्वय अपरिहार्य भएको बताए।

    Ad

    उनले मौसम पूर्वानुमान महाशाखा, गृह मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह र प्रभावित समुदायहरूबाट प्राप्त सूचना समन्वय गरेर मात्रै प्रभावकारी पूर्वसूचना प्रणाली निर्माण गर्न सकिने स्पष्ट पारे। कार्यक्रममा सहभागी सबै सरोकारवालाहरूको साझा निष्कर्ष थियो — नेपालले अब विपद् व्यवस्थापनलाई आकस्मिक हैन, दीर्घकालीन रणनीतिक प्रक्रियाका रूपमा हेर्नुपर्छ। मन्त्री खड्काले पनि यसै सन्दर्भमा अन्तरदेशीय सहकार्य, विशेषगरी चीनसँगको समन्वय, आगामी दिनमा अझ महत्वपूर्ण हुने उल्लेख गरे।

    ताजा सूचना

    • छाडा तीज गीतविरुद्ध लोक सञ्चारकर्मीको आवाज, गृहमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र
    • मनसुनजन्य विपद् न्यूनीकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जामन्त्री खड्का
    • 🔒 सरकारको खाता आज रातिदेखि एक साताका लागि बन्द, सबै खर्चमा रोक
    • नेपाल–श्रीलंका कृषि क्रान्तिका साझेदार! गुणस्तरीय बीउ, मल र प्रविधि साझेदारीमा ऐतिहासिक सम्झौता
    • इटा देखाएर काजु र कपडा तस्करी! वीरगञ्जमा पर्सा प्रहरीको ‘ब्लास्ट’ अपरेशन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.