२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा स्रोत नखुलेको २८ लाख बढी हुण्डी रकमसहित तीन जना पक्राउ

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१७ असार २०८२

    वीरगञ्ज, असार १७ जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न तीन जनालाई स्रोत नखुलेको करिब रु. २८ लाख २८ हजार नगदसहित नियन्त्रणमा लिएको छ। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्जका विभिन्न स्थानबाट तीन जनालाई रकमसहित पक्राउ गरेको हो। पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५(क) बमोजिम "हुण्डी कारोबार गर्न नपाइने" कसुरमा जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए।

    Ad
    Ad
    Ad

    पक्राउ परेकाहरू र बरामद रकम विवरणः 🔸 अनिल कुमार बर्णवाल (२६), पकाहा मैनपुर-२, पर्सा – पक्राउ स्थान: मकालु चोक, वीरगञ्ज-१० – बरामद रकम: रु. ९,४७,००० (रु. १,०००, रु. ५०० र रु. १०० का नोट) 🔸 बिनित कुमार श्रीवास्तव (२३), आदर्शटोल, वीरगञ्ज-३ – पक्राउ स्थान: लिंकरोडस्थित कृषि विकास बैंक अगाडि – बरामद रकम: रु. १५,८१,००० (रु. १,००० र रु. ५०० का नोट) 🔸 दिपक कुमार सोनार (४४), परवानीपुर-४, बारा – पक्राउ स्थान: रजत जयन्ती चोक, वीरगञ्ज-१६ – बरामद रकम: रु. ३,००,००० (पाइन्टको खल्तीबाट) प्रहरीले उनीहरूबाट कूल रु. २८,२८,००० नगद बरामद गरेको हो।

    Ad
    Ad
    Ad

    प्रारम्भिक अनुसन्धान अनुसार, उनीहरू हुण्डीमार्फत अवैध तरिकाले रकम कारोबारमा संलग्न थिए। प्रवक्ता लम्सालले हुण्डीलाई गैरकानुनी र अर्थतन्त्रविरुद्धको अपराध भन्दै निगरानी र कडा कारबाही जारी रहने चेतावनीसमेत दिएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.