२५ भदौ २०८२, बुधवार / 10 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वडा नं. १० को सार्वजनिक सुनुवाई र आगामी योजनासम्बन्धी छलफल सम्पन्न

    • अमन गुप्ता अमन गुप्ता
    • today१२ असार २०८२

    काठमाडौँ, १२ असार/ काठमाडौँ महानगरपालिकाको वडा नं. १० ले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति र ७४.५२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।

    Ad
    Ad

    वडा नं. १० मा आयोजना गरिएको सार्वजनिक सुनुवाई र आगामी आर्थिक वर्षका योजनाबारेको छलफल कार्यक्रममा वडाध्यक्ष रामकुमार के. सी. ले विकास र सुविधा प्राप्त गर्ने वडावासीका चाहनाहरूलाई प्राथमिकता दिने आश्वासन दिएका छन्। कार्यक्रममा बोल्दै वडाध्यक्ष के. सी. ले भने, "हामीले प्रत्येक स्थानमा समान दृष्टिकोण अपनाउँदै पूर्वाधार निर्माण गरेका छौँ। हरेक स्थानमा सबै काम एकैचोटि हुन नसकेको हुन सक्छ, तर यसको अर्थ यो होइन कि त्यहाँ हाम्रो ध्यान पुगेको छैन। विकास भनेको सबै मिलेर गर्ने काम हो, र हामीले ल्याएका योजनामा सबैलाई सहभागी हुनु आवश्यक छ।"

    Ad
    Ad

    वडा सदस्य सतिश तण्डुकारले धोवीखोला कोरिडोरको अतिक्रमण मुक्त गर्ने र खुला स्थान तथा पार्क निर्माण योजनाको महत्त्वपूर्ण शुरुआत भएको बताउँदै यसले वडावासीको जीवनस्तर सुधार्न मद्दत पुर्याउने आशा व्यक्त गरे। "वडाभित्र ४ वटा बस विसौनीहरूको निर्माण कार्य पनि जारी छ, जसको २ वटा पुरा भइसकेका छन् र २ वटा निर्माणाधीन छन्," उनले थपे। सामाजिक क्षेत्रका योजनामा उल्लेख गर्दै वडा सदस्य निरोज अर्यालले खेलकुदको महत्वलाई जोड दिएका छन्। "वडाभित्र खेल मैदानको अभाव भए पनि, खेलकुदका विभिन्न प्रतियोगितामा वडावासीले सम्मान प्राप्त गरेका छन्।

    Ad

    आगामी वर्षमा क्षेत्र छुट्याएर खेल कार्यक्रमहरूको आयोजना गर्ने योजना बनाइएको छ," उनले भने। महिला सञ्जालका संयोजक रोहिणी श्रेष्ठ र मेलमिलाप कक्षका संयोजक सुनिता भित्रकोटीले पनि आफ्नो कार्यक्षेत्रका बारेमा जानकारी दिए। रोहिणी श्रेष्ठले घरभाडा र आपसी असमझदारीका कारण आएका समस्याहरूको समाधानका लागि काम गर्दै आएको बताइन, भने सुनिता भित्रकोटीले मेलमिलाप प्रक्रियामा सकारात्मक नतिजा प्राप्त भएको उदाहरण प्रस्तुत गरिन्। सुनुवाईमा वडा सचिव सुवोध खड्काले चालु आर्थिक वर्षका लागि स्वीकृत १०२ योजनामध्ये ५ वटा निर्माण कार्य अझै पूरा नभएको जानकारी दिएका छन्।

    उनले भने, "सामाजिक क्षेत्रका २० योजनामा ६६ प्रतिशत प्रगति भएको छ, र अन्य योजनाहरू निर्धारित समयमै पूरा भएका छन्।" सार्वजनिक सुनुवाईमा वडावासीले आफ्ना विभिन्न सुझाव र गुनासाहरू राखे। अधिकांस नागरिकहरूले सडक प्रकाश व्यवस्थापन, तार व्यवस्थापन, र सामुदायिक कुकुरहरूको नियन्त्रण गर्न आवश्यक भएको बताएका थिए। अन्य सेवाग्राहीले सीसीटिभी क्यामरा जडान गर्न र राति सडक उज्यालो बनाउनका लागि माग राखेका थिए। वडामा २० करोड २७ लाख रुपैयाँको राजस्व संकलन भएको जानकारी दिइएको छ, जुन सम्पत्ति कर, व्यवसाय कर, भूमि कर र अन्य शिफारिसहरूको माध्यमबाट प्राप्त भएको हो।

    यसका अतिरिक्त, सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत १,४७४ जनालाई भत्ता वितरण गरिएको छ। कार्यक्रममा २८ वडावासीले गुनासा, सुझाव र माग राखेका थिए, जसमा प्रमुख माग तार व्यवस्थापन र सडक प्रकाशसँग सम्बन्धित थिए। वडावासीले जनताको सुरक्षामा ध्यान पुर्याउन र विपद जोखिमलाई कम गर्नका लागि मध्यमकालीन र दीर्घकालीन विकास योजनाहरू बनाउनका लागि सुझाव दिएका थिए। वडा नं. १० का वडाध्यक्ष रामकुमार के. सी. र अन्य वडासदस्यहरूले वडावासीको सुझाव र मागलाई ध्यानमा राख्दै आगामी योजनाहरूमा सुधार गर्न र उनीहरूको भागीदारी बढाउन प्रतिबद्धता जनाएका छन्।

    ताजा सूचना

    • वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना
    • राष्ट्रपति र सेनापतिसँग वार्ताका लागि डिस्कोर्डमा जेनजीको बैठक जारी, ३२ सय सहभागी
    • सर्वोच्चको डाटा सेन्टरसमेत ध्वस्त हुँदा शून्य अवस्थामा पुग्यो न्यायालय
    • बालसुधार गृहबाट भागेका ६० जना पुनः पक्राउ, १ सय फरार
    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेसम्म बन्द, आन्तरिक उडान भोलिसम्म नहुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.