२५ भदौ २०८२, बुधवार / 10 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गर्भ संरक्षण कसुरमा सत्ता–सञ्जालको घिनलाग्दो चलखेल! पर्सागढिका बिवादस्पद पुर्व-मेयर लोकनारायण यादवको इसारामा मन्त्री अजय चौरसिया प्रत्यक्ष संलग्नताको आरोपमा

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१२ असार २०८२

     बिरगंज पर्सा जिल्लामा ‘गर्भ संरक्षण कसुर’ जस्तो संवेदनशील र गम्भीर मुद्दामा न्याय प्रणालीमाथि लज्जास्पद चलखेल भएको पक्कापक्की देखिन थालेको छ। स्रोतका अनुसार, पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवको सिधा इसारामा मुद्दा जिताउने र हराउने योजना अघि बढिरहेको छ।

    Ad
    Ad

    संघीय कानुनमन्त्री अजय चौरसियाका नजिकका सहयोगी मानिने यादव स्वयं यसमा सक्रिय रूपमा लागिपरेको प्रमाण भेटिएको बताइन्छ। मेयर यादवको प्रत्यक्ष संलग्नता र चौरसियासँगको निकट सम्बन्धले कानुन मन्त्रीको चलखेल नभएको कल्पना गर्नु नै मूर्खता ठहरिन्छ।

    Ad
    Ad

    स्रोतहरूले खुलासा गरेअनुसार, प्रहरी प्रशासन हतारहतार मिसिल अदालतमा पेस गर्ने काममा लागे पनि, अदालतभित्रै गम्भीर मिलेमतो चलिरहेको छ। थुनछेक गरी मुद्दा अघि बढाउनु पर्नेमा, भित्रभित्रैको शक्तिको चलखेलले प्रतिवादी सुनिता यादवलाई धरौटीमा छुटाउने तयारी भएको छ – जुन न्याय व्यवस्थामाथिको घिनलाग्दो हस्तक्षेप हो। यो घटनाले स्पष्ट रूपमा देखाएको छ कि सत्ता र पहुँचको आडमा कसरी दोषीलाई संरक्षण दिइँदैछ र पीडितलाई थप पीडा थपिँदैछ।

    Ad

    पीडित पक्षमाथि लगातार दबाब, धम्की र अपमानजनक व्यवहार भइरहेको छ। उनीहरूले न्यायका लागि गुहार गर्दा, राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्र नै अपराधीको रक्षामा उभिनु लोकतन्त्र र न्यायप्रणाली दुवैका लागि गम्भीर खतराको संकेत हो। न्यायको खिल्ली उडाउने यस्तो कार्यले केवल पर्सा जिल्ला होइन, सिङ्गो देशको कानुनी प्रणालीमाथि प्रश्नचिन्ह खडा गरेको छ। संघीय मन्त्री चौरसियाजस्तो व्यक्तिले कानुनको रक्षा गर्नुको सट्टा त्यसको बर्खिलापमा षड्यन्त्र गर्नु अत्यन्तै निन्दनीय र लज्जाजनक हो।

    अब प्रश्न उठ्छ – न्याय परिषद, प्रधानमन्त्री र राष्ट्रपति यति गम्भीर मुद्दामाथि किन मौन छन्? कानुनको शासन एक नारा मात्र हो कि केही व्यक्तिहरूका लागि सजिलो खेल? यदि तुरुन्त निष्पक्ष छानबिन र कारवाहीको प्रक्रिया शुरू गरिएन भने, यो घटनाले राज्यप्रति जनविश्वास समाप्त पार्नेछ। सत्तामा बस्नेहरू कानुनभन्दा माथि हुन् भन्ने सन्देश गएमा, देशभर अन्याय र अराजकता फैलिन धेरै समय लाग्दैन।

    अब न्यायका नाममा घिनलाग्दा चलखेलको पर्दाफास गर्ने र दोषी जोसुकै होस्, कारवाही गर्ने समय आएको छ। जनता हेरेर बसेका छन् – सत्ताका पाखण्डीहरूलाई न्यायको कठघरामा उभ्याइने कि फेरि पीडितलाई नै बलिको बोको बनाइने?

    ताजा सूचना

    • वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना
    • राष्ट्रपति र सेनापतिसँग वार्ताका लागि डिस्कोर्डमा जेनजीको बैठक जारी, ३२ सय सहभागी
    • सर्वोच्चको डाटा सेन्टरसमेत ध्वस्त हुँदा शून्य अवस्थामा पुग्यो न्यायालय
    • बालसुधार गृहबाट भागेका ६० जना पुनः पक्राउ, १ सय फरार
    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेसम्म बन्द, आन्तरिक उडान भोलिसम्म नहुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.