६ बैशाख २०८३, आइतबार / 19 April 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गर्भवती भाउजूको पेटमै अजन्मिएको ज्यान लिएर हिँडे सुनिता यादव र उनका बहिनीहरू — पर्सा प्रहरीद्वारा अपराधीलाई ‘VVIP’ सुविधा, पीडितलाई अन्याय

    • संजय कुशवाहा संजय कुशवाहा
    • today११ असार २०८२

     बिरगंज पर्सा, नेपाल — देशभर आक्रोश फैलाउने यो घटना पर्सामा घटेको हो। जानकी स्कुलकि प्रिन्सिपल सुनिता यादव नामकी महिलाले आफ्नी दुई बहिनीहरू – पुनम यादव र अमृता यादव – सँग मिलेर आफ्नै गर्भवती भाउजूलाई घरमै घेरा हाल्दै नियन्त्रणमा लिई क्रूरतापूर्वक कुटपिट गरिन्। कुटपिट यति भीषण थियो कि भाउजुको गर्भपतन (miscarriage) भएको चिकित्सकीय रूपमा पुष्टि भइसकेको छ।

    Ad
    Ad
    Ad

    यो केवल पारिवारिक झगडा होइन, यो मानवता, नारीत्व र कानूनमाथि खुला हमला हो। एउटा पुरानो कहावत छ — "जङ्गलमा पनि बाघले गर्भवती जनावरलाई शिकार गर्दैन," तर सुनिता यादव र उनका बहिनीहरूले त्यसभन्दा पनि तल झरेर नारीद्वारा नारीमाथि यस्तो कुकर्म गरे जसले सम्पूर्ण समाज रचाउने "मातृत्व" र "ममता" माथि प्रश्नचिन्ह खडा गरिदिएको छ।

    Ad
    Ad
    Ad

    अजन्मिएको बच्चाको मृत्यु – अपराध कि पाप? यो घटनाले एउटा मासुम जीवन गुमायो – त्यो बच्चा जो अझै जन्मिएको थिएन, उसले संसार देख्नुअघि कुटपिट र आक्रोशको बलिमा चढ्नुपर्‍यो। एक नारीमाथि कुटपिट, त्यो पनि गर्भवती अवस्थामा। के कानूनसँग यसको क्षतिपूर्ति छ? के न्याय यति सस्तो भयो? अपराध गरेकी सुनिता यादवको ‘राजसी सेवा’ यो घटनाको अर्को शर्मनाक पाटो के हो भने, पर्सा प्रहरीले सुनिता यादवलाई पक्राउ गरेपछि न त महिला सेलमा राख्यो, न त जेलमा, बरु दबाब र प्रभावमा परेर उनलाई नारायणी अस्पतालको  शीतल कोठा' मा VVIP व्यवहारसहित राखिएको छ। आज नौ  दिन भयो, तर कुन रोगको उपचार भइरहेको छ? न मेडिकल रिपोर्ट सार्वजनिक छ, न चार्जशीट अघि बढाइएको छ।

    Ad
    Ad
    Ad
    Ad

    पुनम यादव र अमृता यादव अझै पनि फरार घटनामा संलग्न दुई अभियुक्त पुनम यादव र अमृता यादव फरार छन्। प्रहरीले अहिलेसम्म तिनीहरूलाई पक्राउ गर्न कुनै ठोस पहल गरेको देखिँदैन। के प्रहरी बल केवल सर्वसाधारणका लागि हो? --- नागरिक समाज, महिला आयोग र सरकार कहाँ छन्? आज यो मुद्दा केवल घरेलु हिंसा वा परिवारको आन्तरिक मामिला होइन — यो नारीमाथि नारीको अत्याचार, कानूनको पक्षपात, र प्रहरी प्रणालीको बेवास्ताको जीवित प्रमाण हो। कसले देला मृत बच्चाको न्याय? कसले पुगोला कुटपिटबाट बाँचिरहेकी ती महिलाको पीडा? कसले देला देशका जनतालाई विश्वासको प्रत्याभूति?

    --- राष्ट्रव्यापी माग:

    1. सुनिता यादवलाई तत्काल महिला हिंसा, गर्भपतन गराएको र ज्यान मार्ने उद्योगको मुद्दामा कारबाही होस्। 2. पुनम र अमृता यादवको तुरुन्त पक्राउ गरियोस्। 3. प्रहरीमा देखिएको पक्षपात र प्रभावको स्वतन्त्र छानबिन होस्। 4. पीडित महिलालाई राज्यबाट न्यायिक संरक्षण र उपचार सहयोग दिइयोस्। --- न्याय सुतेको छ कि मरेको? देशले हेरेको छ, सहेको छ — अब बोलेको छ। यदि यस्तो घटनामा पनि चुप लाग्ने हो भने, भोलि हाम्रै घर भित्र यो हिंसा पस्न सक्छ। अब मौनताको होइन, प्रतिकारको समय हो।

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.