६ बैशाख २०८३, आइतबार / 19 April 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • होटेल व्यवसायीप्रति राज्यको हेयपूर्ण व्यवहार, पर्यटनमैत्री वातावरण खल्बलिने खतरा

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today१२ बैशाख २०८२

     काठमाडौं — राज्यबाट अपेक्षित सहयोग र संरक्षण नपाएको भन्दै होटेल व्यवसायीहरूले गुनासो गरेका छन्। होटेल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले होटेल व्यवसायलाई अपराधको रूपमा हेर्ने सरकारी व्यवहारले पर्यटन क्षेत्रलाई नै धरापमा पार्ने चेतावनी दिनुभएको छ।

    Ad
    Ad
    Ad

    नेपाल पत्रकार मञ्चको नव निर्वाचित कार्यसमिति सदस्यहरूसँगको भेटमा अध्यक्ष बरालले राति १० बजेपछि प्रहरीले सिट्टी फुक्दै होटेल बन्द गराउने व्यवहारप्रति आक्रोश पोख्दै भन्नुभयो, “होटेल व्यवसाय अपराध होइन, यो त पर्यटन विकासको मेरुदण्ड हो। तर व्यवहारमा हामी अपराधीजस्तै व्यवहार भोगिरहेका छौं।” बरालका अनुसार पर्यटकहरूको बाक्लो उपस्थिति हुने क्षेत्रहरूमा रहेका होटेललाई सुरक्षाको प्रत्याभूति दिनु त परै जाओस्, प्रहरीको कठोर व्यवहारले पर्यटकमैत्री वातावरणमै असर पारिरहेको छ।

    Ad
    Ad
    Ad

    “राज्यको नीतिगत मात्र होइन, व्यवहारगत दृष्टिकोण पनि हेयपूर्ण देखिएको छ,” उहाँले स्पष्ट पार्नुभयो। संघका सचिव अनिष बानियाले पनि राज्यप्रतिको असन्तुष्टि व्यक्त गर्दै भन्नुभयो, “हामी कानूनी प्रक्रिया पालना गर्छौं, कर तिर्छौं, तर रातको समयमा सञ्चालानमै रोक लाग्ने व्यवहारले हामी व्यवसायी होइन, दोषी ठहरिएको अनुभूति हुन्छ।” यस अवसरमा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले सञ्चार क्षेत्र सधैं पर्यटन र निजी व्यवसायको पक्षमा उभिने प्रतिबद्धता जनाउँदै भन्नुभयो, “हाम्रो पत्रकारिता होटल व्यवसायको पक्षमा मात्र होइन, राष्ट्रको आर्थिक विकासको पक्षमा पनि खडा हुन्छ।

    Ad
    Ad
    Ad
    Ad

    ” होटेल व्यवसायीहरूले राज्यसँग सुरक्षित, सम्मानजनक र पर्यटकमैत्री व्यवसायिक वातावरण सुनिश्चित गर्न माग गरेका छन्।

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.