१७ फाल्गुन २०८२, आइतबार / 01 March 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सरकारले आदिवासी अधिकार सुनिश्चित गर्न प्रगतिशील उपायहरू लागू गरेको छ : मन्त्री गुप्ता

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१० बैशाख २०८२

    काठमाडौं, वैशाख १०। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नेपालले आदिवासी जनजातिको अधिकार प्रवर्द्धन तथा संरक्षणका लागि अनेकौं प्रगतिशील र प्रभावकारी उपायहरू लागू गरेको बताएका छन्।

    Ad
    Ad
    Ad

    संयुक्त राष्ट्रसंघीय स्थायी मञ्च (UNPFII) को २४औं सत्रमा, न्युयोर्कस्थित संयुक्त राष्ट्र मुख्यालयमा आयोजित सम्मेलनमा बोल्दै मन्त्री गुप्ताले नेपालको संविधानले आदिवासी समुदायको अधिकार सुनिश्चित गरेको र त्यसको कार्यान्वयनका लागि सरकार निरन्तर प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले भने, “संविधानले ग्यारेन्टी गरेका अधिकार कार्यान्वयनका लागि समानुपातिक प्रतिनिधित्व, आरक्षण प्रणाली, मातृभाषामा शिक्षा, सामुदायिक भूमि स्वामित्व र सामाजिक सुरक्षा जस्ता थुप्रै उपायहरू लागू गरिएको छ।”

    Ad
    Ad
    Ad

    मन्त्री गुप्ताका अनुसार, १६औं आवधिक योजनाले आदिवासी जनजातिको समावेशीकरण, सामाजिक न्याय र समतामूलक विकासमा प्राथमिकता दिएको छ। यसैगरी, लोपोन्मुख जनजातिहरूका लागि मासिक भत्ता सहितको सामाजिक सुरक्षा अनुदान र समुदायको सहमति बिना कुनै परियोजना अघि नबढाउने नीतिहरू अवलम्बन गरिएका छन्। नेपालले अन्तर्राष्ट्रिय सन्धि र घोषणापत्रहरूलाई सम्मान गर्दै आईएलओ महासन्धि १६९ को पक्षधरका रूपमा आदिवासी जनजातिको पहिचान, भाषा र संस्कृतिको संरक्षण गर्न कटिबद्ध रहेको उनले बताए।

    Ad
    Ad
    Ad
    Ad

    मन्त्री गुप्ताले भने, “अहिलेसम्मका प्रयासहरू सराहनीय भए पनि शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समानताजस्ता क्षेत्रमा अझै ठूलो चुनौतीहरू छन्। यसकारण अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य छ।” उनले संयुक्त राष्ट्रसंघ र विश्वव्यापी साझेदारहरूसँग सहकार्य गर्दै सबै आदिवासी समुदायको सम्मान, कल्याण र सशक्तिकरण सुनिश्चित गर्न नेपाल तयार रहेको पनि स्पष्ट गरे। “हामी सबै मिलेर आदिवासी समुदायको उज्ज्वल भविष्य निर्माण गर्न प्रतिबद्ध छौं,” मन्त्री गुप्ताको जोड।

    ताजा सूचना

    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.