५ श्रावण २०८२, सोमबार / 21 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल पत्रकार मञ्चको नयाँ नेतृत्व सक्रिय : सल्लाहकार मनोनयनसँगै विभाग गठन

    • दिपक सिंह दिपक सिंह
    • today८ बैशाख २०८२

    काठमाडौं/ नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक काठमाडौंको सिनामंगलस्थित रोयल प्यालेसमा सम्पन्न भएको छ। अध्यक्ष युवराज विद्रोहीको अध्यक्षतामा बसेको बैठकले संस्थाको सल्लाहकार समिति तथा विभाग गठनबारे महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकमा उपाध्यक्ष विमल थापा, महासचिव राजु भण्डारी, सचिवद्वय सन्तोष मिश्र र कमला नेपाल, कोषाध्यक्ष गीता थापा, सदस्यहरू प्रज्ज्वल थापा, टंककला तिमिल्सेना, सुशीला गौतम, लक्ष्मी भट्ट, केशवकुमार बस्नेत, केशवप्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो। त्यस्तै, आमन्त्रित सदस्यका रूपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मनुका कुँवर र मञ्चका निवर्तमान उपाध्यक्ष चन्द्रमणि भट्टराई सहभागी थिए। बैठकले सल्लाहकार समितिमा रामकुमार अधिकारी, डा. सिर्जना थापा, डा. पियारत्न महर्जन र रघुनाथ त्रिपाठी (गृहनाथ)लाई मनोनयन गर्ने निर्णय गरेको छ। अनुभवी तथा विज्ञ व्यक्तिहरूको सुझावले संस्थालाई मार्गदर्शन गर्ने विश्वास मञ्चले लिएको छ। यसैगरी, मञ्चले कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न विभाग गठन गर्ने निर्णयसमेत गरेको छ। योजना निर्माण तथा अनुगमनका कामका लागि उपाध्यक्ष विमल थापाको संयोजकत्वमा महासचिव राजु भण्डारी र सचिव प्रितमसागर कर्माचार्य सम्मिलित योजना विभाग गठन गरिएको छ। यस्तै, संगठन सुदृढीकरण र सदस्य परिचालनलाई प्रभावकारी बनाउन महासचिव राजु भण्डारीकै संयोजकत्वमा सचिवद्वय प्रितमसागर कर्माचार्य, सन्तोष मिश्र, कमला नेपाल र कोषाध्यक्ष गीता थापा सदस्य रहने गरी संगठन विभाग गठन गरिएको छ। त्यस्तै, संस्थाको आर्थिक व्यवस्थापन तथा पारदर्शिता कायम गर्न कोषाध्यक्ष गीता थापाको संयोजकत्वमा प्रज्ज्वल थापा, श्यामबाबु आचार्य, सुशीला गौतम, केशवकुमार बस्नेत र अञ्जु श्रेष्ठ सदस्य रहने गरी आर्थिक विभाग गठन गरिएको छ। सञ्चार प्रवाह तथा सूचना व्यवस्थापनलाई सशक्त बनाउन सचिव सन्तोष मिश्रको संयोजकत्वमा टंककला तिमिल्सेना र मिलन थापा सदस्य रहने सञ्चार विभाग पनि गठन गरिएको छ। उता, अनुशासन सम्बन्धी विषयमा मार्गदर्शन गर्न निवर्तमान उपाध्यक्ष चन्द्रमणि भट्टराईको संयोजकत्वमा अधिवक्ता गणेशकुमार शर्मा र सीतादेवी श्रेष्ठ सदस्य रहने गरी अनुशासन विभाग गठन गरिएको छ। बैठकले यी निर्णयमार्फत मञ्चको भावी योजना र कार्यशैलीको स्पष्ट संकेत दिएको छ। संरचनात्मक सुदृढीकरणसँगै मञ्चले पत्रकारिता क्षेत्रको हितमा अझ सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा लिइएको छ।

    ताजा सूचना

    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • भ्रामक भिडियोबारे प्रहरीले दियो स्पष्टिकरण : ‘नेपाली महिला होइन, राष्ट्रको इज्जतमाथि खेलबाड नगर्नुहोस्’
    • हिन्दू धर्मको लुगा, हातमा रक्सी र मुखमा झूट – सनातनको अपमानको यो रूप कत्तिसम्म?
    • उत्तराखंडका स्कुलहरूमा ऐतिहासिक निर्णय : अब हरेक बिहान गुञ्जिनेछ भगवद् गीताको श्लोक!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.