२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पत्रकारमाथि झुटो मुद्दा, तस्करलाई संरक्षण : अग्निपथ मिडियाको खुलासापछि प्रहरी–तस्कर गठजोडको सनसनीपूर्ण पर्दाफास

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today५ बैशाख २०८२

     काठमाडौं, वैशाख ५ – देशको सुरक्षातन्त्रभित्रैको गम्भीर सडयन्त्र उजागर भएको छ। कुख्यात तस्कर दिपक बानिया र प्रहरीबीचको गाँठजोरे सम्बन्ध झन् स्पष्ट बन्दै गएको छ, जब तस्करीको प्रमाणसहित समाचार सम्प्रेषण गर्ने पत्रकारमाथि झुटो मुद्दा दर्ता भएको छ।

    Ad
    Ad
    Ad

    अग्निपथ मिडियाको अनुसन्धानले प्रहरी आफैंले तस्कर बानियाको गाडीलाई स्कटिङ गरेर अवैध कारोबारको सामान देशभर पुर्‍याएको प्रमाणसहित सार्वजनिक गरेपछि, प्रहरी विभागभित्र हलचल मच्चिएको थियो। अनुसन्धानपछि १० जना इन्सपेक्टरको टोली कारबाहीमा परे, तर वास्तविक सरगना बानिया अझै खुलेआम घुमिरहेको छ – प्रहरीकै संरक्षणमा।

    Ad
    Ad
    Ad

    मुखिया तस्कर बानियाले उल्टै पत्रकारमाथि "पैसा लिएर समाचार लेखेको" आरोपमा उजुरी दिएका छन्। प्रहरीको असल नियत भए निष्पक्ष छानबिन हुन्थ्यो, तर अहिले उजुरीका आधारमा पत्रकारमाथि नै मुद्दा दर्ता गरिएको छ – जबकि रिपोर्टसँग भिडियोसहितका प्रष्ट प्रमाणहरू उपलब्ध छन्।

    Ad
    Ad
    Ad
    Ad

    प्रश्न उठेको छ – के अब पत्रकारले साँचो बोल्न नपाउने? के सत्य उजागर गर्नेलाई सजाय दिइने? "हामीसँग प्रमाण सुरक्षित छ, जहाँ खोज्यो त्यही दिन तयार छौँ," अग्निपथ मिडियाका पत्रकारको चुनौती छ। यदि कसैले गलत भन्न सक्छ भने उनीहरूले पनि प्रमाणसहित आउनुपर्छ, नत्र झुटो उजुरीमा पत्रकार फसाउने खेल तत्काल बन्द गरिनुपर्छ।

    प्रहरी प्रशासनको मुखिया तस्कर बानियाप्रतिको एकमात्र उजुरीमा रिपोर्टरमाथि कारबाही गर्नु, निष्पक्ष छानबिनको अवधारणामाथि प्रश्नचिन्ह हो। यो प्रहरीको लाचारपन होइन भने के हो? मालिकप्रतिको वफादारी होइन भने के हो? अब राज्य मौन बस्न मिल्दैन।

    यदि पत्रकारिता अपराध ठहरिन थाल्यो भने, सत्य, लोकतन्त्र र आम नागरिकको सूचना पाउने अधिकार गुम्ने खतरा आउँछ। यो अब पत्रकारको मात्र लडाइँ होइन – यो जनताको अधिकारको लडाइँ हो। प्रश्न छ – सत्य बोल्ने पत्रकार जेल जाने कि तस्कर राज गर्ने? देशले यो उत्तर खोज्नैपर्छ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.