१७ फाल्गुन २०८२, आइतबार / 01 March 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज घटनामा संयमित बन्न मानव अधिकार प्रतिष्ठानको अपिल, शिक्षक आन्दोलन समाधानको पनि माग

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३ बैशाख २०८२

    काठमाडौं, ३ वैशाख/वीरगञ्जमा हालै भएको दोहोरो समुदायबीचको झडपप्रति राष्ट्रिय मानव अधिकार प्रतिष्ठान (HURFON) ले गम्भीर ध्यानाकर्षण जनाउँदै सबै पक्षलाई संयमता अपनाउन अपिल गरेको छ। चैत्र ३० गते वीरगञ्जको हनुमान जनोत्सव शोभायात्राका क्रममा उत्पन्न विवाद र त्यसपछि वैशाख २ गते भएको तनावमा सञ्चारकर्मी, सुरक्षाकर्मी, स्थानीयबासी र प्रदर्शनकारीहरू घाइते भएको विषयमा प्रतिष्ठानले चिन्ता व्यक्त गरेको छ।

    Ad
    Ad
    Ad

    विज्ञप्तिमा सञ्चारकर्मीहरूलाई लक्षित गरी आक्रमण गर्नु दु:खद भएको उल्लेख गर्दै सम्पूर्ण पक्षलाई शान्ति, संयमता र सहिष्णुताको बाटो अपनाउन आग्रह गरिएको छ। “समस्या समाधानको लागि वार्ताको माध्यमबाट अगाडि बढ्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “शान्ति, सद्भाव कायम राख्न सम्पूर्ण समुदाय, नागरिक र राज्य जिम्मेवार बन्नुपर्छ।” यसका साथै प्रतिष्ठानले नेपाल शिक्षक महासंघको अगुवाइमा जारी आन्दोलनप्रति पनि ध्यानाकर्षण गराएको छ। शिक्षा ऐन जारी नगरेको भन्दै सरकारविरुद्ध आन्दोलनरत शिक्षक र कर्मचारीहरूले चैत २५ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन्।

    Ad
    Ad
    Ad

    प्रतिष्ठानले आन्दोलनका कारण शिक्षण प्रक्रिया अवरुद्ध हुनु र बालबालिकाको पठनपाठनमा असर पर्नु अत्यन्त दुर्भाग्यपूर्ण भएको बताएको छ। “विद्यालयमा तालाबन्दी गर्दै शिक्षण कार्य अवरुद्ध गर्नु समाधान होइन,” विज्ञप्तिमा भनिएको छ, “सरकार र आन्दोलनरत पक्षबीच वार्ताबाट समाधान खोजिनुपर्छ।”

    Ad
    Ad
    Ad
    Ad

    अध्यक्ष भवानीप्रसाद खरेल र महासचिव घनश्याम तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा मानव अधिकार, शिक्षाको पहुँच र सामाजिक शान्तिलाई सर्वोच्च प्राथमिकतामा राख्दै दुवै पक्षलाई संयमित र जिम्मेवार बन्न आह्वान गरिएको छ।

    ताजा सूचना

    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.