३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगंजमा प्रहरीद्वारा पत्रकारमाथि निर्मम दमनः प्रेस स्वतन्त्रतामाथि खुला हमला

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२ बैशाख २०८२

     वीरगंज, पर्सा — हनुमान जन्मोत्सवको झाँकीमाथि भएको ढुंगामुढापछि उत्पन्न तनाव अझ चुलिँदै जाँदा, त्यस घटनाको समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रहरीले निर्घात लाठी प्रहार गरी पत्रकारिता क्षेत्रमाथि खुला हमला गरेको छ। स्थानीय प्रशासनले सोमबार केही हिन्दुवादी युवाहरुलाई नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा तनाव सृजना भएको थियो।

    Ad
    Ad
    Ad

    त्यही विषयमा रिपोर्टिङका लागि पुगेका पत्रकारहरूमाथि मंगलबार प्रहरीले अकल्पनीय दमन गर्‍यो। चन्द्रसूर्य वाणी दैनिकका सम्पादक धिरेन्द्र तिवारी, पत्रकार अर्जुन गुप्ता लगायत केही सर्वसाधारण प्रहरीको निर्मम लाठी चार्जबाट घाइते भएका छन्। सत्य तथ्य उजागर गर्न, जनतासामु साँचो सूचना पु-याउन अग्रपंक्तिमा खटिने पत्रकारहरूमाथि भएको यो दमनले प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमाथि खुला प्रहार भएको छ। यस घटनाले नेपाल प्रहरीको असहिष्णु, निरंकुश र प्रेसविरोधी चरित्र फेरि एकपटक उजागर गरिदिएको छ।

    Ad
    Ad
    Ad

    "प्रेस स्वतन्त्रता कुण्ठित पार्ने जुनसुकै गतिविधि र दमनप्रति हाम्रो गम्भीर आपत्ति छ। लोकतान्त्रिक मुल्यमान्यतालाई कुल्चिने प्रहरीका यस्ता कदमहरू क्षम्य हुन सक्दैनन्," घटनास्थलमा रहेका पत्रकारहरूले आक्रोश पोखेका छन्। दुई दिन अघि हनुमान जन्मोत्सवको झाँकीमा भएको ढुंगामुढापछि वीरगंज तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू समेत लगाएको थियो।

    Ad
    Ad
    Ad
    Ad

    तर शान्ति सुरक्षाको नाममा निर्दोष युवाहरुको गिरफ्तारी र पत्रकारहरूमाथिको लाठीचार्जले प्रशासनको चरित्रप्रति नै गम्भीर प्रश्न उठाएको छ। यो घटनाको निष्पक्ष छानबिन गरी दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने आवाज सामाजिक सञ्जालदेखि मानवअधिकारकर्मी र पत्रकार संगठनहरूसम्म फैलिएको छ।

    ताजा सूचना

    • विभिन्न जिल्लाबाट लागूऔषधसहित २५ जना पक्राउ ठूलो परिमाणमा लागूऔषध बरामद
    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.