३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल पत्रकार मञ्चको महाधिवेशनमा चार महिला पत्रकारसहित १५ जना पुरस्कृत र सम्मानित, नयाँ कार्यसमिति चयन

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today३१ चैत्र २०८१

     काठमाडौँ/नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनको अवसरमा आयोजित विशेष समारोहमा चार महिला पत्रकारसहित १५ जना पत्रकार, सञ्चारकर्मी तथा व्यक्तित्वहरूलाई पुरस्कार र सम्मान प्रदान गरिएको छ। ललितपुरस्थित डिलाइट पार्टी भेन्यूको सभाहलमा सम्पन्न कार्यक्रममा पत्रकारितामा सक्रिय योगदान दिने विशिष्ट व्यक्तित्वहरूलाई नगदसहित सम्मान गरिएको हो। पुरस्कृतमध्ये सबैभन्दा ठूलो राशीको ‘क्रियाशील पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनकी नायब महाप्रबन्धक आरती चटौतलाई प्रदान गरिएको हो। उनी विगत दुई दशकदेखि टेलिभिजन पत्रकारितामा क्रियाशील रहँदै सामाजिक, राजनीतिक तथा राष्ट्रिय विषयमा प्रभावशाली कार्यक्रम सञ्चालित गर्दै आएकी छन्।

    Ad
    Ad
    Ad

    पुरस्कारमा रु. २५,००० नगद र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै ‘प्रताप स्मृति पत्रकारिता पुरस्कार’ अन्नपूर्ण पोस्ट दैनिककी समाचार सम्पादक रामकला खड्कालाई प्रदान गरिएको हो। उनी नेपाली पत्रकारिता क्षेत्रको अग्रणी महिला सम्पादकमध्ये एक हुन्। उनको नाममा रु. १५,००० नगद र प्रमाणपत्र प्रदान गरियो। ‘बल्लभ भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ न्यूज़ 24 मा कार्यरत टंककला तिमिल्सेनालाई प्रदान गरिएको हो। उनी सञ्चार क्षेत्रमा समर्पित महिला पत्रकारका रूपमा परिचित छन्। तिमिल्सेनालाई रु. ५,१११ नगद र प्रमाणपत्रसहित सम्मान गरियो। त्यस्तै महिला प्रकाशक सीता देवी श्रेष्ठलाई लामो समयदेखि पत्रकारितासम्बद्ध प्रकाशन क्षेत्रमा योगदान पुर्‍याएको भन्दै विशेष सम्मान प्रदान गरियो। श्रीमती श्रेष्ठ राष्ट्रिय क वर्गको पत्रिका मध्यान्ह दैनिकको प्रकाशक हुन्। कार्यक्रममा अन्य पत्रकार तथा सञ्चारकर्मीलाई पनि नगदसहित सम्मान गरिएको छ।

    Ad
    Ad
    Ad

          चन्द्रसूर्यवाणी डटकम तथा क्राइम चेक साप्ताहिकका सम्पादक सन्तोष कुमार मिश्रलाई गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कार अन्तर्गत रु. ११,१११ नगद र प्रमाणपत्रसहित सम्मान गरियो। मिश्र ऊर्जा खबरका मधेश प्रदेश संयोजक हुन्। अन्नपूर्ण टाइम्सका सम्पादक तथा नेपाल फोटो पत्रकार समूहका महासचिव घनश्याम श्रेष्ठलाई डा. चुडाबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार अन्तर्गत रु. ५,१११ नगद र प्रमाणपत्रसहित सम्मान गरियो। चेतनराज पाण्डेलाई नाजिर उद्दिन मिया स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो भने जनमत दैनिकका प्रदेश प्रमुख लक्ष्मण यादव, पत्रकार शिरोमणि दवाडी, संस्थापक महासचिव वैकुण्ठ भण्डारी, गिरिजाप्रसाद अधिकारी, सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) का उपाध्यक्ष नविनरसिंह नेपाली, गैरसरकारी संस्था महासंघका उपमहासचिव किरण थापा, क्यानका उपाध्यक्ष चिरञ्जिवी अधिकारी, मोबाइल वितरक संघका अध्यक्ष रघुनाथ त्रिपाठी (गृहनाथ) र सामाजिक अभियन्ता डा. पियारत्न महर्जनलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रमको प्रमुख आतिथ्य प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री उदय शम्शेर राणाले गर्नु भएको थियो। उनले गणतन्त्रको विकल्प खोज्न नहुने उल्लेख गर्दै, त्यसका कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने धारणा राखे। बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, संघका उपाध्यक्ष विपिन आचार्य, कार्यक्रम संयोजक युवराज विद्रोही, महासचिव बिमल थापा, उपाध्यक्ष चन्द्रमणि भट्टराई लगायतले आ–आफ्नो मन्तव्य राख्दै पत्रकार मञ्चको गतिविधिको प्रशंसा गरेका थिए। महाधिवेशनले आगामी कार्यकालका लागि युवराज विद्रोहीको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ। जस अनुसार उपाध्यक्षमा विमल थापा, महासचिव रघु त्रिपाठी, कोषाध्यक्ष गीता थापा, सचिवहरूमा प्रितम सागर कर्माचार्य, सन्तोष मिश्र, कमला नेपाल निर्विरोध निर्वाचित भएका छन् भने सदस्यहरूमा प्रज्ज्वल थापा, जितेन्द्र श्रेष्ठ (जेन), श्री श्यामबाबु आचार्य, टंककला तिमल्सिना, सुशीला गौतम, अञ्जु श्रेष्ठ, लक्ष्मी भट्ट, केशव बस्नेत, केशवराज पौडेल र मिलन थापा रहेका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • विभिन्न जिल्लाबाट लागूऔषधसहित २५ जना पक्राउ ठूलो परिमाणमा लागूऔषध बरामद
    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.