२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बरुण बहुमुखी क्याम्पसका विजयी स्ववियु नेताहरूले मन्त्री खड्कासँग गरे भेटघाट, क्याम्पस सुधारमा सहयोगको माग

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today२५ चैत्र २०८१

     काठमाण्डौ, चैत २५ — हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट प्यानलसहित विजयी भएका संखुवासभास्थित बरुण बहुमुखी क्याम्पसका विद्यार्थी नेताहरूले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कासँग भेट गरेका छन्।

    Ad
    Ad
    Ad

    भेटका क्रममा उनीहरूले क्याम्पसको समग्र सुधार तथा नवीन प्रविधियुक्त शिक्षण प्रणाली अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। गृहजिल्ला संखुवासभाको भ्रमणमा रहेका मन्त्री खड्कासँग भेट्ने क्रममा विद्यार्थी नेताहरूले कलेजमा गुणस्तरीय, शीपमुखी र समय सान्दर्भिक शिक्षा लागू गराउन आग्रह गरेका थिए।

    Ad
    Ad
    Ad

    मन्त्री खड्काले नव-निर्वाचित विद्यार्थी नेताहरुलाई बधाई दिँदै जिम्मेवारीका साथ क्याम्पस व्यवस्थापन, विद्यार्थीहरूको हकहित र भविष्य निर्माणमा क्रियाशील रहन सुझाव दिए। “चुनाव प्रचार र चुनावी प्रक्रिया चल्दा प्यानल र समूहमा बाँडिए पनि, निर्वाचनपछि स्ववियुका प्रतिनिधिहरूले सबै विद्यार्थीको साझा नेतृत्व गर्नुपर्छ,” मन्त्री खड्काले भने, “कलेजको भौतिक, शैक्षिक र प्राविधिक सुधारमा जुट्न सकृय भूमिका खेल्न जरुरी छ।”

    Ad
    Ad
    Ad
    Ad

    विद्यार्थी नेताहरूले कलेजमा नविनतम प्रविधियुक्त शैक्षिक सामग्री, अध्ययन अनुसन्धानका नयाँ ढाँचा र व्यावसायिक शिक्षा प्रणाली लागू गर्न सरकारको सहयोग माग गरेका थिए।

    मन्त्री खड्काले युवा विद्यार्थीहरूलाई उत्साह, जोश र प्रेरणा दिँदै उनीहरूलाई नयाँ सोचसहित अगाडि बढ्न प्रोत्साहित गरे। भेटमा बरुण बहुमुखी क्याम्पसका नव-निर्वाचित स्ववियु पदाधिकारीहरू सहभागी थिए।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.