२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मोबाइल व्यवसायमा सुधार र ऐक्यबद्धताको प्रतिबद्धता सहित रघु त्रिपाठी संघको अध्यक्षमा निर्विरोध निर्वाचित

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today२४ चैत्र २०८१

     काठमाडौं — मोबाइललाई आजको युगमा समाजको अपरिहार्य उपभोग्य वस्तुको रूपमा लिइन्छ। त्यसको वितरण तथा आपूर्ति प्रणालीमा सक्रिय व्यवसायीहरूको छाता संस्था नेपाल मोबाइल वितरक संघको तेस्रो महाधिवेशनबाट रघु त्रिपाठी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

    Ad
    Ad
    Ad

    नगरकोटस्थित रत्नागिरी होटलमा चैत २२ गते सम्पन्न महाधिवेशनले त्रिपाठीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा हरि केसी, उपाध्यक्षमा राम नारायण दास, महासचिवमा बाल नरसिंह कुँवर, सचिवमा नवीन बाँस्तोला, कोषाध्यक्षमा रामचन्द्र श्रेष्ठ तथा सह-कोषाध्यक्षमा विनोद केसी चयन भएका छन्। त्यसैगरी, कार्यसमितिका सदस्यहरूमा दिपेन्द्र चौलागाईं, विजय चौधरी, निकित अग्रवाल, श्रीशान्त थापा, दीपक कोइराला, चित्र बस्नेत तथा निशान्त कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। कार्यभार सम्हाल्ने क्रममा अध्यक्ष त्रिपाठीले संघलाई थप जुझारु, सशक्त र सुसंगठित बनाउँदै मोबाइल व्यवसायमा देखिएको अव्यवस्था, अनियमितता र अवैध कारोबारलाई निरुत्साहित गर्न सम्पूर्ण व्यवसायीहरूलाई एकीकृत रूपमा अघि बढ्न आह्वान गरे। उनले भने, “मोबाइल फोन आयातकर्ता संघ तथा मोबाइल व्यवसायी महासंघसँग सहकार्य गरेर व्यवसायको न्यायोचित रक्षा, लगानीको सुरक्षा र स्थायीत्वका लागि संघ क्रियाशील रहनेछ।”

    Ad
    Ad
    Ad

    उनका अनुसार, करिब ९ वर्षअघि स्थापित यो संघ व्यवसायीहरूको लगानी सुरक्षित राख्न र व्यवसायिक हक–हितको संरक्षण गर्न क्रियाशील रहँदै आएको छ। बैंकबाट ऋण लिएर सञ्चालन भइरहेका मोबाइल व्यवसायहरू न्यून प्रतिफलको कारण धराशायी हुने अवस्थामा पुगेको र नयाँ व्यवसायीको सहभागिता घट्दो क्रममा रहेको उल्लेख गर्दै त्रिपाठीले थप सुधारका लागि सबै व्यवसायीहरूको एकता अपरिहार्य भएको बताए।

    Ad
    Ad
    Ad
    Ad

    संघका नव–निर्वाचित सचिव नवीन बाँस्तोलाले संघको पदस्थापन कार्यक्रम, स्मारिका तथा क्यालेन्डर विमोचन, साथै पूर्व कार्यसमितिलाई सम्मान तथा बिदाइ कार्यक्रम २०८२ साल बैशाख २६ गते काठमाडौंमा एक भव्य समारोहका साथ आयोजना गरिने जानकारी दिए।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.