२५ भदौ २०८२, बुधवार / 10 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जनतासँग मओवादी : प्रचण्डको मर्निङ्गवाकसँगै जनतासँग भेटघाट

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today८ चैत्र २०८१

    वीरगञ्ज । माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज विहान मर्निङ्गवाकसँगै जनतासँग भेटघाट गरेका छन् । प्रचण्ड सहित वीरगंज आएका शिर्ष नेताहरुको टोलीले आज विहान वीरगंजको विभिन्न ठाउँको अवलोकन गर्दै जनतासँग भेटघाट गरेका हुन् ।

    Ad
    Ad
     

    प्रचण्डसहित शिर्ष नेताहरुको टोलीले वीरगञ्जको गण्डक बहुअरीबाट मर्निङ्गवाक गर्दै घण्टाघर, मकालु चोक, आदर्शनगर चोक, घडिअर्वा पोखरी, माईस्थान चोकको अवलोकन गर्दै जनतासँग भेटघाट गरेको छ ।

    Ad
    Ad
     

    वीरगञ्जका मेयर राजेशमान सिंहले पनि प्रचण्डलाई स्वागत गरेका छन् । मेयर सिंहले आज विहान प्रचण्डसँग भेटघाट गरी वीरगञ्जको समस्या बारे जानाकरी गराएका छन् । मर्निङ्गवाककै क्रममा वीरगञ्जको चर्चित चिया पसल बब्लु टी पसलमा चिया खाएका छन् ।

    Ad

    उनीसँग मर्निङ्गवाकमा पार्टीका सदस्य, भातृ संस्थाका प्रतिनिधी, सदस्य लगायतको सहभागी थियो । उनी अबको साढे ९ बजे पानीटंकी स्थित डायमण्ड पार्टी प्यालेसमो नागरिक संवाद तथा पत्रकार सम्मेलनमा सहभागी हुनेछन् ।

    त्यसपछि विन्दवासिनी गाउँपालिकामा सहिद मुकेश चौरसियाको घरमा खाना खाने र भहुअर्वाभाठामा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डका स्वकिय सचिव गोविन्द आचार्यले जानकारी दिए । त्यसपछि ठोरीको आठघरेमा हुने जनसभालाई सम्बोधन गरेर त्यहिबाट चितवन प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

    ताजा सूचना

    • जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल
    • राष्ट्रपतिको पहलमा लोकतान्त्रिक विधिबाट संविधानसम्मत निकास खोजिनुपर्छ : एमाले
    • गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान
    • बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भए सम्पर्क गर्न महानगरको आग्रह
    • देश विधिको शासन र आवधिक निर्वाचनका आधारमा अगाडि बढाउनुपर्छ : रास्वपा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.