३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • उद्योगमा लोडसेडिङको चुनौती, तर घरायसी आपूर्तिमा बाधा नआउने": ऊर्जमन्त्री खड्का

    • बिराज यादव बिराज यादव
    • today६ चैत्र २०८१

    काठमाडौ/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग क्षेत्रमा लोडसेडिङ रहे पनि घरायसी प्रयोजनका लागि लोडसेडिङ हुन नदिने सरकारको नीति रहेको बताएका छन्।

    Ad
    Ad
    Ad

    बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको र मुलुकभित्रको उत्पादन करिब १,००० मेगावाट रहेको जानकारी दिए।

    Ad
    Ad
    Ad

    उनका अनुसार उद्योग क्षेत्रमा लोडसेडिङको चुनौती रहे पनि घरायसी उपभोक्तालाई भने नियमित आपूर्ति गर्न सरकारले आवश्यक कदम चाल्नेछ। उनले वर्षायाममा उत्पादित कुल ३,५०० मेगावाटमध्ये ७०० मेगावाट मात्र नेपाल विद्युत प्राधिकरण (नेपाल सरकार) ले उत्पादन गर्ने र बाँकी विद्युत निजी क्षेत्रबाट आउने जानकारी गराए।

    Ad
    Ad
    Ad
    Ad

    मन्त्री खड्काले ‘उद्योगमा आज पनि १२ घण्टासम्म लोडसेडिङ छ’ भन्ने कुरा बैठकमा उठेको उल्लेख गर्दै घरायसी प्रयोजनका लागि लोडसेडिङ नहुने प्रतिबद्धता जनाए।

    उनले कुलमान घिसिङको कार्यकालमा सार्वजनिक भएको प्राधिकरणको नाफासम्बन्धी विवरणबारे पनि पुनः अध्ययन आवश्यक रहेको धारणा राखे। चमेलिया जलविद्युत आयोजनामा काम गरेको संस्थालाई भुक्तानी नहुँदा प्राधिकरणको बैंक खाता रोक्का भएको उनले बताए।

    मन्त्रालयलाई यसबारे समयमै जानकारी नदिइएको उल्लेख गर्दै मन्त्री खड्काले यस विषयमा आवश्यक अध्ययन र समन्वय भइरहेको बताए।

    ताजा सूचना

    • साउन १ देखि वन्यजन्तु जोखिम बीमा लागू आक्रमणबाट क्षतिमा १० लाखसम्म सुविधा
    • विभिन्न जिल्लाबाट लागूऔषधसहित २५ जना पक्राउ ठूलो परिमाणमा लागूऔषध बरामद
    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.