३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बारा सीमामा खुला तस्करीः सशस्त्र प्रहरीकै मिलेमतोमा लाखौंको अवैध कारोबार

    • संजय कुशवाहा संजय कुशवाहा
    • today५ चैत्र २०८१

    बारा, – नेपालको बारा जिल्लास्थित बिश्रामपुर गाउँपालिका वडा नं. ३ मुसहर्वा नाका र वडा नं. ४ बलिरामपुर नाकाबाट खुला रूपमा तस्करी भइरहेको खुलासा भएको छ। भारतबाट भन्सार छल्दै कपडा, सूर्ती, रजनीगन्धा, राजनिवास, हार्डवेयर, काजु, किसमिस, खजुर, हल्दी, बेसार, केराउ, नरिवल, फलफूल लगायतका सामग्री लाखौं रुपैयाँ बराबरमा दैनिक नेपाल भित्र्याइँदै आएको छ।

    Ad
    Ad
    Ad

     

    विशेष सूत्रका अनुसार, यो तस्करी रोक्न जिम्मेवार सशस्त्र प्रहरी बलका अधिकारीहरू नै यस अवैध कारोबारमा संलग्न छन्। बरैनियास्थित बिओपीका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशीले तस्करहरूसँग आर्थिक लेनदेन मिलाउन वरिष्ठ हवल्दार मानबहादुर राउतलाई 'घुमुवा'को रूपमा परिचालन गरेको स्थानीय स्रोतले दाबी गरेका छन्।

    Ad
    Ad
    Ad

     

    त्यस्तै, बलिरामपुर नाकामा तैनाथ सशस्त्र प्रहरी निरीक्षक कृष्ण थिङ्गले रातिको १२ बजेपछि ठूलो परिमाणमा कपडा तस्करी गर्न 'लाइन' दिने गरेको आरोप लागेको छ। स्थानीयहरूका अनुसार, प्रति पोका १,००० रुपैयाँ असुलेर एक रातमा ३५-४० वटा कपडाका पोका नेपाल भित्र्याउने गरिन्छ।

    Ad
    Ad
    Ad
    Ad

     

    सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी

    तस्करी नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीहरू नै माफियासँग मिलेर खुलेआम अवैध कारोबार गरिरहेको खुल्न आएपछि स्थानीय बासिन्दाहरू आक्रोशित छन्। "हामीले धेरैपटक उजुरी गरेका छौं, तर सशस्त्र प्रहरीहरू नै तस्करहरूसँग मिलेपछि को सुनिन्छ?" एक स्थानीय व्यापारीले भने।

     

    जोशी र थिङ्गले 'हामी माथिसँग सेटिङमा छौं, हामीलाई कसैले केही गर्न सक्दैन' भन्दै स्थानीयहरूलाई धम्की दिने गरेको स्रोतको दाबी छ।

     

    सरकार मौन, अवैध धन्दा झन् बढ्दै

    तस्करीबारे पटक-पटक उजुरी गर्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै स्थानीय व्यवसायीहरू आक्रोशित बनेका छन्। खुलेआम भइरहेको यो तस्करी तत्काल रोक्न नसके नेपालमा भन्सार राजस्वमा ठूलो घाटा पर्ने मात्र होइन, संगठित अपराधलाई पनि मलजल पुग्ने देखिन्छ।

     

    सरकारले तुरुन्त अनुसन्धान गरी संलग्न सुरक्षाकर्मीहरूलाई कारबाही नगरे तस्करीको मात्रा अझै बढ्ने स्थानीयहरूको चिन्ता छ। के गृह मन्त्रालय र उच्च सुरक्षा अधिकारीहरू अब पनि चुप लागिरहनेछन्?

    ताजा सूचना

    • पोखराको फोहोर प्रशोधन केन्द्र अलपत्र जग्गा नै टुंगो नलाग्दा निर्माण अझै सुरु भएन
    • साउन १ देखि वन्यजन्तु जोखिम बीमा लागू आक्रमणबाट क्षतिमा १० लाखसम्म सुविधा
    • विभिन्न जिल्लाबाट लागूऔषधसहित २५ जना पक्राउ ठूलो परिमाणमा लागूऔषध बरामद
    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.