एनएलआईसीका नवनिर्वाचित ३ सञ्चालकले गरे पदबहाली
-
मो.सगिर अलि
- today५ चैत्र २०८१
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसी) सञ्चालक समितिमा नवनिर्वाचित ३ सदस्यले पदबहाली गरेका छन् ।
एनएलआईसी सञ्चालकमा निर्वाचित विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जनले पदबहाली गरेका हुन् । उनीहरूले कम्पनीका अध्यक्ष गोविन्दलाल संघईबाट सपथ ग्रहण गरी पद बहाली गरेका हुन् ।
कम्पनीको २५औं वार्षिक साधारणसभाको निर्णय अनुसार स्थगित सर्वसाधारण सेयरधनी सञ्चालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २ चैतमा वीरगञ्जको होटल भिस्वामा भएको थियो ।